९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरातलाई ६३ रनले हरायो

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरातलाई ६३ रनले हरायो
अ अ+ अ-

काठमाडौँ । पाँच पटकको विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग–२०२४ मा लगातार दोस्रो जित दर्ता गरेको छ ।

टोलीले मंगलबार जारी सिजनको सातौं खेलमा घरेलु मैदान चेपौकमा गत वर्षको फाइनल खेलेको गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो । यो जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उसले ४ अंक जाडेको छ । सोही मैदानमा चेन्नईले आरसीबीलाई सिजनको उद्घाटन खेलमा ६ विकेटले पराजित गरेको थियो ।

गुजरातले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो । २०७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सकेको थियो ।

चेन्नईका लागि रचिन रविन्द्र (२० बलमा ४६ रन) र शिवम दुबे (२३ बलमा ५१ रन)ले विस्फोटक पारी खेले भने कप्तान रुतुराज गावकवाडले ३६ बलमा ४६ रनको योगदान दिए । अर्धशतकीय पारी खेलेका शिवम दुबे प्लेयर अफ द म्याच घोषित भए ।

टस हारेर ब्याटिङमा आएको चेन्नईलाई ओपनर रचिन रविन्द्र र कप्तान रुतुराज गायकवाडले बलियो सुरुवात गराए । दुवैले ३२ बलमा ६२ रनको ओपनिङ पार्टनरसिप गरे । रचिन आउट भएपछि कप्तानले अजिंक्य रहाणेलाई साथमा लिएर स्कोरलाई अगाडि बढाए तर रहाणे १२ बलमा १२ रन बनाएर आउट भए ।

रहाणे आउट भएपछि मैदानमा आएका शिवम दुबेले ठूलो प्रहार गर्दै इनिङ्सको सुरुवात गरेका थिए । तर कप्तान प्याभिलियन फर्किए । यस्तो अवस्थामा दुबेले डेरिल मिचेलसँग अर्धशतकीय साझेदारी गर्दै स्कोरलाई १८० भन्दा माथि पुर्याए ।

त्यसपछि डेब्यु खेल खेल्न आएका समीर रिजभीले ६ बलमा १४ रन बनाएर टोलीको स्कोर २०६ रनमा पुर्याएका थिए । गुजातका राशिद खानले दुई विकेट लिए । साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले एक–एक विकेट लिए ।

२०७ रनको ठूलो लक्ष्य पछ्याउन उत्रिएको गुजरात टाइटन्सको सुरुवात खराब रह्यो । टोलीले २८ रनमा कप्तान शुभमन गिल (८ रन)को विकेट गुमाएको थियो । गिल आउट भएपछि शीर्ष मध्यक्रमका ब्याट्सम्यानले इनिङ्स सम्हाल्न सकेनन् र टोलीले नियमित अन्तरालमा विकेट गुमाइरहेको थियो ।

ओपनर ऋद्धिमान साहाले २१ रन, विजय शंकर १२, डेभिड मिलरले २१, अजमातुल्लाह ओमरजाईले ११ र उमेश यादवले १० रन बनाए । चेन्नईका लागि दीपक चाहर, मुस्ताफिजुर रहमान र तुषार देशपाण्डेले २–२ विकेट लिए । त्यस्तै डेरिल मिचेल र मथिश पाथिरानले एक–एक विकेट लिए ।

आजको खेलः सनराइजर्स हैदराबाद भर्सेस मुम्बई इन्डियन्स –७ः४५ बजे