५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

परिवार दलका अध्यक्ष र भारतका पूर्व प्रधानमन्त्रीबीच दिल्लीमा भेटबार्ता

परिवार दलका अध्यक्ष र भारतका पूर्व प्रधानमन्त्रीबीच दिल्लीमा भेटबार्ता
अ+ अ-

नयाँ दिल्ली । ३ दिने भारत भ्रमणमा रहनु भएका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि  एकनाथ ढकालले भारतका पूर्व प्रधानमन्त्री एच. डी. देवगौडासंग भेटबार्ता गर्नु  भएको छ । 

नयाँ दिल्ली स्थित पूर्व प्रधानमन्त्री निवासमा भयको भेटमा आपसी हित र मित्रता अभिबृद्धिबारे छलफल भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताए। 

भेटमा दुइ देश बीचको ऐतिहाँसिक सम्बन्ध र सहकार्यलाई थप मजवुत बनाउन तथा दक्षिण एशिया र विश्वमा शान्तिको लागि पहलकदमी लिन पूर्व मन्त्रि ढकालले पूर्व प्रधानमन्त्री एच. डी. देवगौडालाइ आग्रह गर्नु भयो। 

पूर्व प्रधानमन्त्री देवगौडाले नेपालको पछिल्लो बिकसित राजनैतिक घटनाक्रमको बारेमा जिज्ञासा राख्दै घोषित निर्बाचन निर्धारित मितिमै सम्पन्न गर्न प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार सफल हुने बिश्वाश ब्यक्त गर्नु भयो।

भारतीय राज्य सभाका सदस्य समेत रहेका नेता देवगौडाले दुइ बर्ष अघि एशिया प्याशिफिक समिटमा भाग लिन नेपाल आउदाको मिठो स्मरण सुनाउदै भारतले सधै नेपालमा स्थायित्व र विकास देख्न चाहेको बताउनु भएको भेटमा सहभागी सामाजिक अभियन्ता कृष्ण अधिकारीले बताए।