• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

परिवार दलका अध्यक्ष र भारतका पूर्व प्रधानमन्त्रीबीच दिल्लीमा भेटबार्ता



नयाँ दिल्ली । ३ दिने भारत भ्रमणमा रहनु भएका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि  एकनाथ ढकालले भारतका पूर्व प्रधानमन्त्री एच. डी. देवगौडासंग भेटबार्ता गर्नु  भएको छ । 

नयाँ दिल्ली स्थित पूर्व प्रधानमन्त्री निवासमा भयको भेटमा आपसी हित र मित्रता अभिबृद्धिबारे छलफल भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताए। 

भेटमा दुइ देश बीचको ऐतिहाँसिक सम्बन्ध र सहकार्यलाई थप मजवुत बनाउन तथा दक्षिण एशिया र विश्वमा शान्तिको लागि पहलकदमी लिन पूर्व मन्त्रि ढकालले पूर्व प्रधानमन्त्री एच. डी. देवगौडालाइ आग्रह गर्नु भयो। 

पूर्व प्रधानमन्त्री देवगौडाले नेपालको पछिल्लो बिकसित राजनैतिक घटनाक्रमको बारेमा जिज्ञासा राख्दै घोषित निर्बाचन निर्धारित मितिमै सम्पन्न गर्न प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार सफल हुने बिश्वाश ब्यक्त गर्नु भयो।

भारतीय राज्य सभाका सदस्य समेत रहेका नेता देवगौडाले दुइ बर्ष अघि एशिया प्याशिफिक समिटमा भाग लिन नेपाल आउदाको मिठो स्मरण सुनाउदै भारतले सधै नेपालमा स्थायित्व र विकास देख्न चाहेको बताउनु भएको भेटमा सहभागी सामाजिक अभियन्ता कृष्ण अधिकारीले बताए।