६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दे प्रर्दशन (भिडियो सहित)



अ+ अ-

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको चडेपानिकी भागरथी भट्टको हत्यारालाई पक्राउ माग गर्दे बैतडीमा प्रर्दशन भएको छ । बैतडीका बिभिन्न बिद्यालयका बिद्यार्थी र शिक्षकहरुले तत्काल हत्याराको पहिचान कडा भन्दा कडा कारबाही गर्न मा गरेका छन् । 

सनातन धर्म माबि श्रीकोट बैतडीमा कक्षा १२ मा अध्ययनरत छात्रा भागरथी गत बुधबार स्कूलबाट घर नफर्केपछि उनको हत्या गरि जंगलमा शब फालेको पाइएको थियो । भागरथिको शव बिहिबार घरभन्दा ३ किलोमिटर पर लवलेक जंगलमा भेटिएको थियो । कञ्चापुरकी निर्मला पन्तको जस्तै नियती नदोहोरियोस भन्दै प्रर्दशनमा उत्रिएकाहरुले अपराधी पत्ता नलाग्दा सम्म दवाब अभियान जारी राख्ने बताएका छन् ।  

यता गृहमन्त्री रामबहादुर थापाले निर्मला प्रकरण जस्तो नहुने भन्दै अपराधी छिट्टै पत्ता लाग्ने दाबी गर्नुभएको छ ।

भागरथीलाई न्याय भन्दै बैतडी पुगेका संञ्चारकर्मी  दिपक बोहोराको भिडियो सामग्री….