६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाक्नै लागेको बालीमा असिनापानीले क्षति



फाईल फोटो
अ+ अ-

महोत्तरी ।असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको बालीमा क्षति पुगेको छ। आज बिहान परेको असिनापानी र हुरीबतासले महोत्तरीको दक्षिणपश्चिमी भेगमा गहुँ, जौ, अरहर (रहरी) र वैशाखी तरकारी बालीमा नोक्सान गरेको हो ।

जिल्लाका भारतीय सीमावर्ती सोनमा, सम्सी, मनराशिवा, गौशाला, औरही, रामगोपालपुर र बलवासहितका स्थानीयतहका बस्तीमा हुरीबताससँगै असिनापानी परेको थियो । दुई/चार दिनभित्रै काट्ने तयारीमा रहेको गहुँबाली असिनाले चुटेर खेतमै लडाएको रामगोपालपुर–३ का मोहम्मद कादिर हुसैनले बताउनुभयो ।

असिनापानीले गहुँबालीमा सबैभन्दा बढी क्षति पुगेको छ । यसैगरी जौ, मुसुरो, चना र रहरी असिनाले चुटेर झारेको किसानको भनाइ छ । फर्सी, लौका र घिरौँलाजस्ता लहरे तरकारीमा क्षति पुगेको सोनमा गाउँपालिकाको खैरवनीका रामप्रताप यादवले बताउनुभयो ।

असिनापानी र हुरीबतासले भङ्गाहा र एकडाराको पश्चिमतर्फको भेगमा पनि क्षति पुर्‍याएको छ । महोत्तरीमा पाँच दिनयता पानी परिहेको छ । लामो समयपछि पानी पर्दा बालीनालीलाई राहत मिलेको भए पनि असिनापानी र हुरीबतासले किसानलाई ठूलो क्षति पुर्‍याएको छ । रासस