६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आयरल्याण्ड वल्भ्सलाई दियो १९९ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । घरेलु टोली नेपालले ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आयरल्याण्ड वल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो ।

नेपालका लागि गुलशन झाले ४६, कुशल मल्लले ३४, रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल शाहले १२ र आसिफ शेखले ११ रन जोडे ।

बलिङतर्फ आयरल्याण्ड वल्भ्सका म्याथ्यु फोस्टरले ३ बेन ह्वाइटले २ विकेट लिए भने गाभिन होए र फिओन हाण्डले १–१ विकेट लिए ।

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड वल्भ्सलाई छ विकेटले पराजित गरेको थियो ।