• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा

अभिनेत्री करिना कपुर दोस्रो सन्तानलाई जन्म दिदैँ



एजेन्सी । अभिनेत्री करिना कपुर दोस्रो पटक गर्भवती रहेकी छिन्। भारतिय मिडियाका अनुसार उनले यही फेबुअरीमा दोस्रो बच्चालाई जन्म दिने समाचार बाहिरिएको हो । 

त्यसैले बलिउड अभिनेता सैफ अलि खान फिल्मको सुटिङबाट केही समय ब्रेक लिने भएका छन् । करिना दोस्रो पटक आमा बन्ने भएपछि सैफले ब्रेक लिने भएको हो । यसै कारण सैफ अलिले कामबाट ब्रेक लिने सोच गरेका छन् ।

उनले एक अन्तवार्तामा घरमा नयाँ बच्चा हुन लागेका बेला कसैलाई पनि काम गर्न मन नलाग्ने बताएका छन् । उनले भने, 'घरमा नयाँ बच्चा हुन लागेका बेला कसलाई पो काम गर्न मन लाग्छ। यदि तपाई आफ्नो बच्चा हुर्किँदै गरेको हेर्नु हुँदैन भने, तपाई गल्ती गर्दै हुनुहुन्छ' ।

उनले अर्को महिनासम्मका लागि सुटिङबाट ब्रेक लिन सक्ने बताइएको छ । फिल्म 'तन्हाजी – द अनसुन वारियर' का निर्देशक ओम राउतको नयाँ फिल्म 'आदिपुरुष' को सुटिङ अहिले भइरहेको छ । साउथ सुपरस्टार प्रभास र सैफ अलि खानको मूख्य भूमिका रहेको यस फिल्मलाई निकै महत्वपुर्ण रुपमा हेरिएको छ । फिल्ममा प्रभासले राम र सैफअलिले रावणको भूमिका निभाउदैछन् । बलिउड अभिनेता सैफ अलि अहिले यसै फिल्मको सुटिङमा छन् ।