१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप छनोटः आज बहराइनसँग दोस्रो लेग खेल्दै नेपाल



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप छनोटमा दोस्रो चरणको चौथो खेल अन्तर्गत दोस्रो लेगमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल राति १२ः४५ देखि बहराइन राष्ट्रिय रंगशालामा सुरु हुनेछ ।

विश्वकप र एसिया कप छनोटको सम्भावना जीवित राख्न नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । यदि बहराइनसँग यो खेल गुमाएमा दुई खेल अगावै नेपालको विश्वकप र एसिया कप छनोट यात्रा समाप्त हुनेछ । नेपाल बहराइनसँगको पहिला लेगमा ५–० ले पराजित भएको थियो ।

यस्तै, नेपालले दोस्रो चरणअन्तर्गत पहिलो खेलमा यूएईसँग ४–० र यमनसँग २–० को हार बेहोरेको थियो । नेपालले पहिलो चरणमा लाओसलाई एग्रिगेटमा २–१ ले हराउँदै दोस्रो चरणको यात्रा गरेको थियो ।

अंकविहीन नेपाल तालिकाको पुछारमा रहेको छ । नेपाल रहेको समूह ‘ए’ को तालिकाको यूएई शीर्ष स्थानमा रहेको छ । उसको ३ खेलबाट ९ अंक छ । यस्तै, बहराइन दोस्रो र यमन तेस्रो स्थानमा छ ।