• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरि ल्याईएको सुन बरामद ★   बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री ★   कोशीका मुख्यमन्त्री कार्कीलाई नेकपा एसले विश्वासको मत दिने ★   सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ: वरिष्ठ उपाध्यक्ष खाँन ★   सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ ★   चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर ★   कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार ★   कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ? ★   उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै

म्याग्दीमा असिनापानीले हिउँदे बालीमा क्षति



बेनी (म्याग्दी): म्याग्दीमा आज साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्‍याएको छ । लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनीनगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पुर्‍याएको हो ।

रघुगङ्गामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टासम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि असिना परेको थियो । असिनाले खेतवारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउलगायतका खाद्यबाली सबै नष्ट गरेको छ । त्यसैगरि खेतमा भर्खर उम्रिएका मकै बालीसमेत अनिसाले पूर्ण रुपमा क्षतविक्षत बनाएको कृषकले बताएका छन् ।

असिनाले सुन्तला, कागतीलगायतका फलफूलमा लागेको फूल झारेको छ ।

रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनीनगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिना पानी भएको थियो ।

असिनाले गौ, जौ, तोरी लगायतका खाद्यवालीसँगै तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको बेनी नगरपालिका–९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले जानकारी दिनुभयो । ‘‘हिउँदभर सिँचाइ गर्न पानी आएन, अहिले एकैपटक अनिसा पानी खस्यो, भित्र्याउने तयारी गरेको हिउँदेबाली सबै पूर्ण रुपमा नष्ट गरेको छ’’, कृषक बानियाँले भन्नुभयो ।

असिना पानीले हिउँदेबालीमा क्षति पुर्‍याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको जनाएका छन् ।  अनिसा पानीले पुर्‍याएको क्षतिको वडास्तरबाट विवरण सङ्कलन गर्न थालिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । रासस