काठमाडौ । प्रतिनिधिशभा बिघटन गर्ने प्रधानमन्त्री केपि ओलीको कदम बिरुद्धमा उत्रिएको नेकपा नेपाल –दाहाल पक्षले बुधबार काठमाडौमा दोश्रो पटक शक्ति प्रर्दशन गर्देछ । यस अघि नै शभा गरिएको स्थान भृकुटी मण्डप दोबाटोमा मुल कार्यक्रम को तयारी गरेको सो समुहले सकेसम्म धेरै जनतालाई उतार्न प्रयास गरिरहेको छ ।
शभामा सहभागि हुन बिभिन्न जिल्ला बाट आउने भएपछि त्यसलाई ब्यबस्थापन गर्न पूर्ब निर्धारित कार्यक्रम परिबर्तन गरी दुई स्थान बाट मात्र जुलुस निकालिने आयोजक समितिका सूर्य सुबेदीले जानकारी दिनुभयो । सभालाई अध्यक्षद्वय माधब कुमार नेपाल , पुष्पकमल दाहाल , बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता तथा संर्घष समितिका संयोजक नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुहुने छ । सभामा सहभागीहरुलाई भाषण सुन्नका लागि ‘पुरानो बसपार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा डिजिटल स्क्रिन समेत राखिने उहाले जानकारी दिनुभयो ।
यस अघि नौ गतेको शभाका कारण उपत्यकाको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त बनेको भन्दै चौतर्फी आलोचना भएका कारण यस पटक ट्राफिसहजताका लागि समेत बिभिन्न बिकल्पमा छलफल भै रहेको पनि उहाले जानकारी दिनुभयो ।











