२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएसए खुला करातेमा नेपालका दुई खेलाडीले भाग लिँदै



अ+ अ-

काठमाडौँ । युएसए खुला अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको टेक्सासमा यही चैत १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले भाग लिनेछन् । एरिका १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताका रजत पदक विजेता हुन । गत असोजमा चीनको ग्वान्झाउमा सम्पन्न एसियाडमा एरिकाले नेपाललाई रजत पदक दिलाएकी थिइन । त्यस्तै विप्लवलालले घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक दिलाएका थिए ।

युएसए खुला प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । विप्लवलालले पुरुष ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन । कुशलबाहेक अन्य तीन सदस्य नेपाली टोली आजै अमेरिका प्रस्थान गर्नेछन् । त्यस्तै कुशल भने भोली अमेरिका प्रस्थान गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले आज नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।