२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएसए खुला करातेमा नेपालका दुई खेलाडीले भाग लिँदै



अ+ अ-

काठमाडौँ । युएसए खुला अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको टेक्सासमा यही चैत १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले भाग लिनेछन् । एरिका १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताका रजत पदक विजेता हुन । गत असोजमा चीनको ग्वान्झाउमा सम्पन्न एसियाडमा एरिकाले नेपाललाई रजत पदक दिलाएकी थिइन । त्यस्तै विप्लवलालले घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक दिलाएका थिए ।

युएसए खुला प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । विप्लवलालले पुरुष ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन । कुशलबाहेक अन्य तीन सदस्य नेपाली टोली आजै अमेरिका प्रस्थान गर्नेछन् । त्यस्तै कुशल भने भोली अमेरिका प्रस्थान गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले आज नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।