२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ ।

आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३७ रनसहित नटआउट रहे । एक समय ३७/३ को स्थितीमा रहेको नेपाललाई कुशलले सन्दीप जोरासँग मिलेर ५४ रनको साझेदारी गरेका थिए । सन्दीपले ३६ रनमा बनाए ।

दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहँदा आसिफ शेख १६, गुल्सन झा ४ र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए ।

आयरल्यान्डका ग्यारेथ डेल्नीले २, बेन व्हाइट र टम मेयसले एक/एक विकेट लिए ।

त्यसअघि किर्तीपूरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६ रन जोडे । उनले ३९ बलमा ४ चौका र २ छक्का हिर्काए । यस्तै, टम मेयस र लियाम मकार्थीले १६–१६ तथा फिओन ह्यान्डले ११ रन बनाउदा आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि बलिङमा कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुई/दुई विकेट लिए । करण केसी र कुशल मल्लले समान एक विकेट लिए ।