२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ ।

आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३७ रनसहित नटआउट रहे । एक समय ३७/३ को स्थितीमा रहेको नेपाललाई कुशलले सन्दीप जोरासँग मिलेर ५४ रनको साझेदारी गरेका थिए । सन्दीपले ३६ रनमा बनाए ।

दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहँदा आसिफ शेख १६, गुल्सन झा ४ र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए ।

आयरल्यान्डका ग्यारेथ डेल्नीले २, बेन व्हाइट र टम मेयसले एक/एक विकेट लिए ।

त्यसअघि किर्तीपूरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६ रन जोडे । उनले ३९ बलमा ४ चौका र २ छक्का हिर्काए । यस्तै, टम मेयस र लियाम मकार्थीले १६–१६ तथा फिओन ह्यान्डले ११ रन बनाउदा आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि बलिङमा कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुई/दुई विकेट लिए । करण केसी र कुशल मल्लले समान एक विकेट लिए ।