• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको सामान्य लक्ष्य



काठमाडौँ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाललाई जितको लागि १२२ रनको लक्ष्य दिएको छ ।

किर्तीपूरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो ।

आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६ रन जोडे । उनले ३९ बलमा ४ चौका र २ छक्का हिर्काए । यस्तै, टम मेयस र लियाम मकार्थीले १६–१६ तथा फिओन ह्यान्डले ११ रन बनाउदा आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि बलिङमा कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुई/दुई विकेट लिए । करण केसी र कुशल मल्लले समान एक विकेट लिए ।

अब नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।