१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहनेछ आजको मौसम



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायुको प्रभावले देशैभरिको मौसम बदली हुने भएको छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुने महाशाखाले बताएको छ।

'पश्चिमी वायुको प्रभाव दिनभरि रहन्छ। काठमाडौंको हकमा आज साँझबाट बादल हटेर जान्छ,’ महाशाखाका मौसमविद् निराजन सापकोटाले भने,‘अरू ठाउँमा भोलि बिहानसम्म हट्छ। भोलि घाम लाग्ने सम्भावना छ।’

बिहीबार घाम लागे पनि शुक्रबार फेरि मौसममा बदली हुने देखिएको मौसमविद सापकोटाले बताए।

अघिल्लो साता पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको थियो।