• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

कहाँ चुक्यो हार्दिकको सेना ?



एजेन्सी । आईपीएल २०२४ को पाँचौं खेलमा गुजरात टाइटन्सले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । मुम्बई इन्डियन्ससँगको हारपछि कप्तान हार्दिक पाण्ड्या निराश देखिएका छन् । खेलपछि उनले टोलीको कहाँ गल्ती भएको बताए । यस्तै उनले आफ्नो कप्तानीबारे खुलेर कुरा गरे ।

बलरको दममा गुजरातको टोलीले खेललाई आफ्नो पक्षमा पारेको थियो । मुम्बईको टोलीले १२ ओभरमा १०७ रन बनाएको थियो तर त्यसपछि रोहितको विकेट खस्यो र त्यहाँबाट खेलले अर्कै मोड लियो । मोहित शर्माले ब्रेभिसलाई आउट गर्दै खेल आफ्नो पोल्टामा पारे ।

मोहित शर्माको स्लो सर्ट बलले मुम्बईका ब्याट्सम्यानलाई निकै समस्यामा पार्यो । बाँकी बलर उमेश र स्पेन्सरले पनि राम्रो साथ दिए र नतिजा गुजरातको पक्षमा गयो । मुम्बईले अन्तिम तीन ओभरमा पाँच विकेट गुमाएको थियो ।

हार्दिकले कहाँ गल्ती भएको बताए
खेल सकिएपछि हार्दिकले भने, ‘हामी अन्तिम ५ ओभरमा ४२ रन बनाउनेमा विश्वस्त थियौं । तर, हामीले त्यसो गर्न सकेनौं । त्यो चरणमा हामीले हाम्रो गति पनि गुमायौं । यो ती स्टेडियमहरूमध्ये एक हो जहाँ तपाईं खेलको पूर्ण आनन्द लिन सक्नुहुन्छ । आज धेरै फ्यानहरु आए र खेल पनि राम्रो भयो ।’

खेलको कुरा गर्दा पहिले ब्याटिङ गरेको गुजरातले १६८ रन बनाएको थियो । साई सुदर्शनले ४५ रनको महत्वपूर्ण इनिङ खेले । अन्त्यमा राहुल तेवाटियाले १५ बलमा २२ रनको इनिङ खेले । लक्ष्य पछ्याउने क्रममा रोहितले ४३ र ब्रेभिसले ४६ रन बनाए । मुम्बई १६२ रनमै समेटियो । उमरजाई, मोहित, उमेश र स्पेन्सरले समान २–२ विकेट लिए ।