९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

कहाँ चुक्यो हार्दिकको सेना ?

कहाँ चुक्यो हार्दिकको सेना ?
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को पाँचौं खेलमा गुजरात टाइटन्सले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । मुम्बई इन्डियन्ससँगको हारपछि कप्तान हार्दिक पाण्ड्या निराश देखिएका छन् । खेलपछि उनले टोलीको कहाँ गल्ती भएको बताए । यस्तै उनले आफ्नो कप्तानीबारे खुलेर कुरा गरे ।

बलरको दममा गुजरातको टोलीले खेललाई आफ्नो पक्षमा पारेको थियो । मुम्बईको टोलीले १२ ओभरमा १०७ रन बनाएको थियो तर त्यसपछि रोहितको विकेट खस्यो र त्यहाँबाट खेलले अर्कै मोड लियो । मोहित शर्माले ब्रेभिसलाई आउट गर्दै खेल आफ्नो पोल्टामा पारे ।

मोहित शर्माको स्लो सर्ट बलले मुम्बईका ब्याट्सम्यानलाई निकै समस्यामा पार्यो । बाँकी बलर उमेश र स्पेन्सरले पनि राम्रो साथ दिए र नतिजा गुजरातको पक्षमा गयो । मुम्बईले अन्तिम तीन ओभरमा पाँच विकेट गुमाएको थियो ।

हार्दिकले कहाँ गल्ती भएको बताए
खेल सकिएपछि हार्दिकले भने, ‘हामी अन्तिम ५ ओभरमा ४२ रन बनाउनेमा विश्वस्त थियौं । तर, हामीले त्यसो गर्न सकेनौं । त्यो चरणमा हामीले हाम्रो गति पनि गुमायौं । यो ती स्टेडियमहरूमध्ये एक हो जहाँ तपाईं खेलको पूर्ण आनन्द लिन सक्नुहुन्छ । आज धेरै फ्यानहरु आए र खेल पनि राम्रो भयो ।’

खेलको कुरा गर्दा पहिले ब्याटिङ गरेको गुजरातले १६८ रन बनाएको थियो । साई सुदर्शनले ४५ रनको महत्वपूर्ण इनिङ खेले । अन्त्यमा राहुल तेवाटियाले १५ बलमा २२ रनको इनिङ खेले । लक्ष्य पछ्याउने क्रममा रोहितले ४३ र ब्रेभिसले ४६ रन बनाए । मुम्बई १६२ रनमै समेटियो । उमरजाई, मोहित, उमेश र स्पेन्सरले समान २–२ विकेट लिए ।