९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

३० बलमा ४३ रन आवश्यक तापनि मुम्बई कसरी हार्यो ? अन्तिम पाँच ओभर यस्तो रह्यो

३० बलमा ४३ रन आवश्यक तापनि मुम्बई कसरी हार्यो ? अन्तिम पाँच ओभर यस्तो रह्यो
अ अ+ अ-

एजेन्सी । गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीचको खेल सोचेभन्दा रोमाञ्चक सावित भएको छ । गुजरातका लागि ४५ रनको इनिङ खेलेपछि साई सुदर्शनले आफ्नो टोलीले राम्रो फिल्डिङ गरेमा १६८ रनको स्कोर रक्षा गर्न सक्ने बताएका थिए ।

उनको भविष्यवाणी सही साबित भएको छ, किनभने विशेष गरी अन्तिम ५ ओभरमा भएको बलिङमार्फत गुजरातले लगभग हारिसकेको खेल आफ्नो पोल्टामा पार्यो ।

मोहित शर्मा, उमेश यादव र राशिद खान जस्ता विश्व–स्तरीय बलरहरूले गुजरात टाइटन्सलाई अन्तिम ५ ओभरमा मुम्बई इन्डियन्सलाई हराउन मद्दत गरे । १५ ओभरको अन्त्यमा मुम्बई इन्डियन्सको स्कोर ३ विकेटमा १२६ रन थियो र टोलीलाई जितका लागि ५ ओभरमा ४३ रन आवश्यक थियो ।

रोमाञ्चक अन्तिम ५ ओभर
१६ औं ओभरमा मोहित शर्मा बलिङ गर्न आए, जसमा उनले ४ रन मात्र दिए । यो ओभरमा खेलको टर्निङ प्वाइन्ट पनि आयो किनभने ओभरको पाँचौं बलमा डिवाल्ड ब्रेभिसलाई मोहितले आफैँले क्याच आउट पारे । ब्रेभिस ४६ रन बनाएर क्रिजमा थिए, त्यसैले उनको आउट मुम्बई इन्डियन्सका लागि ठूलो झट्का थियो ।

रसिद खानले गरेको १७ औं ओभरमा पनि ३ रन मात्रै बनेको थियो, जसका कारण मुम्बई धेरै हदसम्म ब्याकफुटमा परेको थियो । ओभरमा ३ सिंगल मात्र आयो र यहाँबाट मुम्बईलाई अन्तिम ३ ओभरमा ३६ रन चाहिएको थियो ।

१८ औं ओभर पनि मोहित शर्माको हातमा दिइएको थियो । मोहितले ओभरको पहिलो ४ बलमा ९ रन दिएका थिए । खेलमा मुम्बई पुनरागमन गर्दैछ जस्तो लाग्थ्यो तर ओभरको अन्तिम बलमा टिम डेभिड पनि डेभिड मिलरको हातमा क्याच आउट परे ।

१९औं र महत्वपूर्ण ओभर स्पेन्सर जोन्सनले फ्याँके, जसलाई यसअघि नराम्ररी पिटिएको थियो । तिलक वर्माले आफ्नो पहिलो बलमा गगनचुम्बी छक्का प्रहार गरे पनि दोस्रो बलमा तिलकले ठूलो शट खेल्ने क्रममा आफ्नो विकेट गुमाए । जोन्सनको ओभरमा ८ रन आयो र मुम्बई इन्डियन्सलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो ।

२० औं ओभरमा कप्तान हार्दिक पाण्ड्याले उमेश यादवको अगाडि ठूला शट खेल्नु परेको थियो । पहिलो बलमा छक्का र दोस्रो बलमा चौकाले मुम्बईको आशा फेरि बलियो बनाएको थियो तर तेस्रो बलमा गलत समयमा लिएको शटका कारण हार्दिक लङअनमा क्याचको शिकार बने । अर्को बलमा पियुष चावला पनि प्याभिलियन फर्किए । उमेश यादवले ह्याट्रिक पूरा गर्न सकेनन्, तर गुजरातको ६ रनले जित सुनिश्चित गरे ।