१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट पुनः संसद विघटनविरुद्धका रिटमा बहस सुरु हुँदै



अ+ अ-

काठमाडौं । आजबाट सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटहरुमा पुनः बहस सुरु हुँदै छ । सर्वोच्चमा संसद विघटनविरुद्ध १३ वटा मुद्दा परेका छन् । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो ।

हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास पनि गठन गर्नुभएको छ ।