२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।

आईतवार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताउनुभएको हो । उहाँले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताउनु भयो । उहाँले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्न सकिने बताउनु भयो । खनालले सुखि नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समाजवाद प्राप्त गरेर मात्रै तपाई, हामीले देशमा शान्ति, समृद्धि ल्याउन सक्छौँ । विकास ल्याउन सक्छौँ । आजको सारा विकृति र विसंगतिहरुलाई अन्त्य गर्नसक्छौँ । आजको युग अब समाजवादको युग हो । आज मात्रै हाम्रो पार्टीको सचिवालयले महाधिवेशनको एउटा नारा तय गरेको छ, दक्षिणपन्थी अवसरवादको बिरोध गरौँ, समाजवाद निर्माण गर्नका लागि अगाडी बढौँ । अब यो हाम्रो पार्टीको मात्र होइन । सिंगो देशको नारा हुनुपर्छ । समाजवादको भविष्यमा पुगेर मात्रै यो देश नेपाललाई समृद्ध देशको रुपमा हामी रुपान्तरण गर्नसक्छौँ । सुखी नेपाली समृद्ध नेपालको कुरा समाजवादमा मात्र पूरा हुनसक्छ । त्यो भन्दा अगाडी पूरा हुन सक्दैन । त्यसैले यो दिशामा जानुपर्छ । युवाहरुले नै देश बनाउनुपर्छ । हाम्रो देशका युवाहरु एकजुट, एकतावद्ध हुुनुहुनेछ । र साम्राज्यवादी शक्तिहरु, प्रभुत्ववादी शक्तिहरु, हस्तक्षेपकारी शक्तिहरुका बिरुद्ध र यो देशमा शोषण गरिरहेका, दमन गरिरहेका, अत्याचार गरिरहेका, दलाल पुँजीवादी शक्तिहरुका बिरुद्ध तपाईहरु एकजुट हुनुहुन्छ र आम जनतालाई एकतावद्ध गराउनुहुनेछ । यो देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु बन्नुहोस् । तर भ्रष्टाचारी कहिल्यै नबन्नुहोस् । स्वच्छ हृदय, स्वच्छ चरित्रका नेताहरु नेता, अध्येधा, इन्जिनियर र डाक्टरहरु बन्नुहोस् ।’

सम्मानित नेता खनालले देशका युवाहरु साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरुका बिरुद्ध एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । उहाँले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरुका बिरुद्ध पनि आम जनतालाई एकतावद्ध बनाएर लैजानुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गर्नुभयो ।