१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनमा आज पनि डबल हेडर (एक दिनमा २ खेल) खेलाइँदैछ । आजको पहिलो खेल राजस्थान रोयल्स र लखनउ सुपरजायन्ट्सबीच हुँदैछ ।

जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थान रोयल्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।राजस्थानका रियान पराग चौथो नम्बरमा ब्याटिङमा आउने भएका छन् । उनी छ वा सात नम्बरमा ब्याटिङ गरिरहेका हुन्थे ।

दोस्रो खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले २०२२ को विजेता गुजरात टाइटन्सको सामना गर्नेछ । खेल बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

राजस्थान रोयल्सले लिग इतिहासमा पहिलो पटक २००८ मा उपाधि जितेको थियो । त्यसपछि टोलीले अर्को उपाधि जित्न सकेन । राजस्थान १४ सिजनमा दुई पटक फाइनलमा पुग्यो । जब टोली २०२२ मा फाइनलमा पुग्यो, उसले गुजरात टाइटन्सको सामना गर्यो । जसमा उसले ७ विकेटले हार बेहोरेको थियो ।

अर्कोतर्फ, यो लखनऊ सुपर जायन्ट्सको तेस्रो सिजन हो । टोलीले सन् २०२२ मा पहिलो पटक लिगमा भाग लिएको थियो । दुवै पटक टोली अंक तालिकाको शीर्ष ४ मा रहेर प्लेअफमा पुगेको थियो । तर दुवै पटक एलिमिनेटरमा पराजित भएपछि टोलीको यात्रा समाप्त भयो ।

राजस्थानका विस्फोटक ओपनर यशस्वी जैसवाल, जोस बटलर र कप्तान सञ्जु सामसनले टोलीको शीर्ष क्रमलाई बलियो बनाएका छन् । शुभम दुबे, रियान पराग र रोभमान पावेललाई थपेर मिडल अर्डरको बल पनि बढेको छ । यशस्वीले लखनउविरुद्धको २ खेलमा ८५ रन बनाएका छन् ।

राजस्थानको बलिङ पक्ष पनि उत्कृष्ट छ । नवदीप सैनी, कुलदीप सेन, ट्रेन्ट बोल्ट र आवेश खान जस्ता बलर छन् । पेसर बाहेक युजवेन्द्र चहल र रविचन्द्रन आश्विन जस्ता स्पिनर छन् । चहल लिगमै सर्वाधिक विकेट लिने खेलाडी हुन् । जबकि ट्रेन्ट बोल्टले लखनउ विरुद्धको ३ खेलमा मात्र ५ विकेट लिएका छन् ।

लखनउको ब्याटिङ पनि विस्फोटक छ
लखनऊको ब्याटिङ अर्डर पनि राजस्थानको जस्तै विस्फोटक छ, टोलीमा कप्तान केएल राहुलसँगै देवदत्त पडिक्कल, काइल मेयर्स, निकोलस पूरन र क्विन्टन डी कक जस्ता स्टारहरु छन् । राहुलले राजस्थानविरुद्ध १४ खेलमा ५७९ रन बनाएका छन् ।

लखनउको बलिङ पनि बलियो छ । रवि बिश्नोई, अमित मिश्रा र कृणाल पाण्ड्याजस्ता स्पिनरसँगै शमर जोसेफ, नवीन–उल–हक, मोहसिन खान र शिवम मावी जस्ता बलर पनि छन् । मिश्राको नाममा राजस्थानविरुद्ध ३० विकेट छ ।

हालसम्म राजस्थान र लखनउबीच आईपीएलमा ३ खेल मात्रै भएका छन् । राजस्थानले २ र लखनउले १ जित हात पारेको छ । यी दुई टोलीबीच अहिलेसम्म जयपुरमा एउटा खेल भएको छ । लखनउले यो खेल १० रनले जितेको थियो ।