२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

धन लाभ हुन अघि मिल्छ यस्ता संकेतहरु, थाहा पाउँनुहोस्



अ+ अ-

एजेन्सी । लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाई-हामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ । यस्तो अवस्थामा तपाईले लाखौ कोशिस गर्दा पनि केही फल नपाएपछि निराशाले घेर्न सक्छ । 

शास्त्रका अनुसार केही यस्ता संकेतहरु हुन्छन् जसले तपाईलाई अब तपाईको भाग्य चम्किँदैछ र लक्ष्मीले तपाईको जीवनमा प्रवेश गर्दैछिन् भन्ने थाहा दिन्छ । केही यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ । थाहा पाऔ ती संकेत के-के हुन् ?

  • यदी तपाईको घर या अफिसमा अकस्मात उल्लू आयो भने तपाईलाई छिट्टै धन प्राप्त हुने संकेत गर्छ ।
  •  हामी प्राय सबै सर्पसँग डराउँछौ तर, सर्प र धनकाबिचको सम्बन्ध नजिकको हुन्छ । यदी तपाईको घरको वरिपरी सेतो सर्प देखियो भने उक्त स्थानमा केही खजाना हुन सक्ने संकेत हो ।
  • साताको प्रत्येक दिन अलग-अलग देवी-देवताको पुजा गर्ने गरिन्छ । शुक्रबारको दिन प्राय लक्ष्मीको पूजा गर्ने गरिन्छ । यो दिन यदी कुनै केटीले तपाईलाई सिक्का दिइन् भने यो शुभ संकेत हुन्छ, तपाईलाई धन लाभ हुने संकेत हो यो ।
  • जब तपाईले सपनामा पानी, हरियाली, लक्ष्मीको बहान उल्लू देख्नु हुनेछ तब यसले तपाईको भाग्य चाँडै बद्लिने संकेत गर्छ ।
  • यस्तै, सपनामा सेतो सर्प, सुन जस्तो पहेलो सर्प देखियो भने त्यसले तपाई अब धनी बन्ने योग रहेको संकेत गर्छ ।