• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

एनभिए भलिबलमा हेल्प नेपाल र एभरेष्ट च्याम्पियन



एनभिए भलिबलमा हेल्प नेपाल र एभरेष्ट च्याम्पियन
काठमाडौँ । हेल्प नेपाल स्पोर्ट्स एभरेष्ट भलिबल क्लव आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपको च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न च्याम्पियनसिपमा हेल्प नेपाल पुरुषमा र एभरेष्ट महिलामा च्याम्पियन भएका हुन् । च्याम्पियन टोली हेल्प नेपाल र एभरेष्ट भलिबल क्लबले समान पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे । फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै उपाधि रक्षा गरेको हो । हेल्प नेपालले आर्मीलाई २०–२५, २७–२५, २३–२५, २९–२७ र २२–२० को रोमाञ्चक सेटमा हरायो । उपविजेता आर्मीले दुई लाख रुपैयाँसहित ट्रफी पायो ।

महिलातर्फ फाइनलमा भने एभरेष्टले नेपाल पुलिस क्लबलाई ३–१ ले हरायो । पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै एभरेष्ट पहिलोपटक च्याम्पियन बनेको हो । पुलिसले समूहचरणमा एभरेस्टमाथि ३–२ को जित निकालेको थियो । फाइनलमा भने एभरेष्टले बदला लिँदै पहिलो उचाल्यो । फाइनलमा भने एभरेष्टले पुलिसलाई १९–२५, २५–२२, २५–१८ र २५–१९ ले हरायो । उपविजेता पुलिसले दुई लाख रुपैयाँसहित ट्रफी पायो । महिलातर्पm नै शुक्रबार नै एपिएफ तेस्रो भएको थियो ।

पुरुषततर्फ शनिवार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लवले गण्डकी प्रदेशलाई २५–१६, २५–२० र २९–२७ ले हरायो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वमन्त्री रामकुमारी झाँक्री, राखेप बोर्ड सदस्य प्रकाश कुसारी र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे । नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिता आठ दिनसम्म चलेको थियो ।