९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

एनभिए भलिबलमा हेल्प नेपाल र एभरेष्ट च्याम्पियन

एनभिए भलिबलमा हेल्प नेपाल र एभरेष्ट च्याम्पियन
अ अ+ अ-

एनभिए भलिबलमा हेल्प नेपाल र एभरेष्ट च्याम्पियन
काठमाडौँ । हेल्प नेपाल स्पोर्ट्स एभरेष्ट भलिबल क्लव आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपको च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न च्याम्पियनसिपमा हेल्प नेपाल पुरुषमा र एभरेष्ट महिलामा च्याम्पियन भएका हुन् । च्याम्पियन टोली हेल्प नेपाल र एभरेष्ट भलिबल क्लबले समान पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे । फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै उपाधि रक्षा गरेको हो । हेल्प नेपालले आर्मीलाई २०–२५, २७–२५, २३–२५, २९–२७ र २२–२० को रोमाञ्चक सेटमा हरायो । उपविजेता आर्मीले दुई लाख रुपैयाँसहित ट्रफी पायो ।

महिलातर्फ फाइनलमा भने एभरेष्टले नेपाल पुलिस क्लबलाई ३–१ ले हरायो । पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै एभरेष्ट पहिलोपटक च्याम्पियन बनेको हो । पुलिसले समूहचरणमा एभरेस्टमाथि ३–२ को जित निकालेको थियो । फाइनलमा भने एभरेष्टले बदला लिँदै पहिलो उचाल्यो । फाइनलमा भने एभरेष्टले पुलिसलाई १९–२५, २५–२२, २५–१८ र २५–१९ ले हरायो । उपविजेता पुलिसले दुई लाख रुपैयाँसहित ट्रफी पायो । महिलातर्पm नै शुक्रबार नै एपिएफ तेस्रो भएको थियो ।

पुरुषततर्फ शनिवार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लवले गण्डकी प्रदेशलाई २५–१६, २५–२० र २९–२७ ले हरायो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वमन्त्री रामकुमारी झाँक्री, राखेप बोर्ड सदस्य प्रकाश कुसारी र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे । नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिता आठ दिनसम्म चलेको थियो ।