१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको प्यादा बन्ने राष्ट्रपतिमाथि बोल्न पाइन्छ : रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौं । राष्ट्रपति बिरुद्ध कडा प्रहार गर्दे आउनु भएकी नेकपा नेपाल–दाहाल समुहकी नेतृ रामकुमारी झाँक्रीले फेरी पनि राष्ट्रपतिमाथी प्रहार गर्नुभएको छ । सो समुहले आयोजना गरेको बिरोध कार्यक्रममा कालो पहिरन र मुखमा कालो पट्टि बाधेर मञ्चमा उपस्थित हुनु भएकी झाँक्रीले राष्ट्रपतिमाथि बोल्दा महिला अस्मिताको प्रश्न नआउने दाबी गर्नुभयो । 

उहाले भन्नुभयो ‘बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । हामी बोल्न जन्मेका हौं । खड्ग प्रसाद ओली तानाशाह हुन् । उनको प्यादा बन्ने राष्ट्रपति माथि बोल्न पाइन्छ ।’झाँक्रीले  भन्नुभयो  ‘एउटा खलपात्रको विरुद्धमा बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो ? कुनै पदमा लिंग हुँदैन । मैले राष्ट्रपति संस्थाविरुद्ध होइन, व्यक्तिविरुद्ध बोलेको हुँ ।’ सरकारको  प्यादा बन्ने राष्ट्रपति माथि बोल्न पाइन्छ ।’ हामीले लडेर ल्याएको लोकतन्त्रमा किन बोल्न नपाईने ?