१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नबोल्ने पशुपतिले ओलीको रक्षा गर्न सक्दैन : रघुजी पन्त



अ+ अ-

काठमाडौ ।  नेकपा नेपाल–दाहाल समुहका नेता रघुजी पन्तले अब प्रधानमन्त्रीको आलोचना नगर्ने बताउनु भएको छ । सो समुहले आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै नेता पन्तले एक पटक आलोचना गरियो दरबारको दक्षिण ढोका अगाडी बसेर रुनु भयो फेरी आलोचना गरे अर्को ढोकामा बसेर रुनुहुन्छ ।

माघ २३ गते प्रधानमन्त्रीले यो सरकारले ईतिहास कै धेरै बिकास निर्माणको काम गरेको दाबी गरे पनि उहाको कुरा बिरोधाभाष रहेको दाबी गर्नुभयो । 

नेता पन्तले भन्नुभयो माधब नेपाल र पुष्पकमल दाहालले काम गर्न दिएनन् हात खुट्टा बाधे पनि भन्ने अनि धेरै बिकास निर्माणको काम पनि भयो भन्ने यो कुरा जनतालाई मात्र ढाड्ने ? नेता पन्तले  नबोल्ने पशुपतिनाथले ओलीको रक्षा नगर्नै भन्दै बोल्ने पशुपतिनाथ समक्ष आत्मलोचना गर्न सुझाब दिनुभयो । नेता पन्तले भन्नुभयो राज बिरेन्द्रको बशको रक्षा त भएन तपाईले रुद्राक्षको माला लगाएर आएपनि तपाईको भाकल पुरा हुदैन ।