१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली जनता नै भगवान हुन्, हामीले भगवान मानेका छौ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नेपाली जनतालाई नै भगवान मानेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने हाम्रा भगवान भनेका जनता भएकाले हामी तपाईको शरणमा आएको बताएका हुन् । 

यस्तै प्रचण्डले केपी ओली समूहका दुई जना मन्त्री आफुतिर फर्किन लागेका बताएका छन् ।  ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन्’, उनले भने ।

प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पशुपतिनाथतिर जान प्रचण्डले आग्रह गरेका हुन् ।  ‘तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ’ उनले भने ।