४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल क्षेत्रको विकासका लागि सोमवारबाट एक्शन लिन्छुः मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्तिहरु स्वस्फुर्त र निष्पक्ष हुने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेलकुद क्षेत्रबाट खेलाडीहरु विदेश पलायन नहुने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले खेल क्षेत्रमा राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै अबका दिनमा राजनीतिक नियुक्ति खेल र खेलाडीको विकासका लागि हुने बताउनु भयो ।

उहाँले स्काउटको जग्गा हडपेर बसेको कुरा स्पष्ट भएको भन्दै अब जग्गा फिर्ता लिने पनि बताउनु भयो । उहाँले पहिला पहिला सुतेको मान्छेले सपना देख्ने भन्दै उहाँले अहिले आफूहरुले सपना देखेर सुत्न नसकेको बताउनु भयो । उहाँले रास्वापले ०८४ सम्म सुत्न छोडेर भएपनि देश विकासका लागि काम गर्नुपर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले आगामी सोमवारबाट खेल क्षेत्रको विकासका लागि एक्शनमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘म तपाईहरुलाई के भन्छु भन्दा पहिला पहिला सुतेको मान्छेले सपना देख्थ्यो । अहिले हामीले सपना देखेर सुत्न सकेका छैनौँ । र यो ०८४ सम्म सुत्न पनि हुँदैन साथीहरु । युवा तथा खेलकुद मन्त्रालयमा हामीले धेरै कुरा शुरु पनि गरेका छाँै । यो सोमवारबाट धेरै एक्शन पनि तपाईहरुले पाउनुहुनेछ । त्यो पनि गर्दैछु । रवि दाईले सार्वजनिक जग्गाको कुराहरु पनि, खेलकुदको पनि, स्काउटको पनि धेरै सार्वजनिक जग्गाहरु लुटेर बसेका रहेछन् मान्छेहरु ।

पैसा पनि नदिने, लिएर पनि बस्ने, अदालतमा मुद्दा हाल्ने, स्टे अर्डर लिएर निःशुल्क जस्तो चलाइरहेका छन् । राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ, तर खालि हुन लागेको छ । खेलाडीहरु विदेश पलायन नहुनेगरी राज्यले नियुक्ति गर्ने स्वस्फुर्त निष्पक्ष नियुक्ति हुँदैछ अब हाम्रो मन्त्रालयबाट ।’

उहाँले खेलकुद मन्त्रालयको स्थिति नाजुक रहेको र आफूले अबका दिनमा माथि लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।