३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

खेल क्षेत्रको विकासका लागि सोमवारबाट एक्शन लिन्छुः मन्त्री श्रेष्ठ

खेल क्षेत्रको विकासका लागि सोमवारबाट एक्शन लिन्छुः मन्त्री श्रेष्ठ
अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्तिहरु स्वस्फुर्त र निष्पक्ष हुने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेलकुद क्षेत्रबाट खेलाडीहरु विदेश पलायन नहुने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले खेल क्षेत्रमा राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै अबका दिनमा राजनीतिक नियुक्ति खेल र खेलाडीको विकासका लागि हुने बताउनु भयो ।

उहाँले स्काउटको जग्गा हडपेर बसेको कुरा स्पष्ट भएको भन्दै अब जग्गा फिर्ता लिने पनि बताउनु भयो । उहाँले पहिला पहिला सुतेको मान्छेले सपना देख्ने भन्दै उहाँले अहिले आफूहरुले सपना देखेर सुत्न नसकेको बताउनु भयो । उहाँले रास्वापले ०८४ सम्म सुत्न छोडेर भएपनि देश विकासका लागि काम गर्नुपर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले आगामी सोमवारबाट खेल क्षेत्रको विकासका लागि एक्शनमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘म तपाईहरुलाई के भन्छु भन्दा पहिला पहिला सुतेको मान्छेले सपना देख्थ्यो । अहिले हामीले सपना देखेर सुत्न सकेका छैनौँ । र यो ०८४ सम्म सुत्न पनि हुँदैन साथीहरु । युवा तथा खेलकुद मन्त्रालयमा हामीले धेरै कुरा शुरु पनि गरेका छाँै । यो सोमवारबाट धेरै एक्शन पनि तपाईहरुले पाउनुहुनेछ । त्यो पनि गर्दैछु । रवि दाईले सार्वजनिक जग्गाको कुराहरु पनि, खेलकुदको पनि, स्काउटको पनि धेरै सार्वजनिक जग्गाहरु लुटेर बसेका रहेछन् मान्छेहरु ।

पैसा पनि नदिने, लिएर पनि बस्ने, अदालतमा मुद्दा हाल्ने, स्टे अर्डर लिएर निःशुल्क जस्तो चलाइरहेका छन् । राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ, तर खालि हुन लागेको छ । खेलाडीहरु विदेश पलायन नहुनेगरी राज्यले नियुक्ति गर्ने स्वस्फुर्त निष्पक्ष नियुक्ति हुँदैछ अब हाम्रो मन्त्रालयबाट ।’

उहाँले खेलकुद मन्त्रालयको स्थिति नाजुक रहेको र आफूले अबका दिनमा माथि लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।