२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशमा एमालेबाट ३ जना मन्त्रीलाई समेटेर पुनः मन्त्रीपरिषद् पुनर्गठन



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट ३ जना मन्त्रीलाई समेटेर पुनः मन्त्रीपरिषद् पुनर्गठन गर्नुभएको छ ।

शनिवार पुनर्गठन गरिएको मन्त्रीपरिषद्मा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानूनमन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश गर्नुभएका सांसद प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई शनिवार नै प्रदेश प्रमुख सुमित्रा भण्डारी भण्डारीले शपथ ग्रहण गराउनुभएको छ । मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा मधेस प्रदेशका प्रदेश प्रमुख भण्डारीले तीनैजना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भयो ।

मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफैसँगै राख्नुभएको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा यसअघि चैत ५ गते नेकपा एमालेका सरोजकुमार यादव नियुक्त हुनुभएको थियो ।