१४ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु पूर्वी जिल्लाका सांसदहरुलाई रास्वपाको निर्देशन–गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भुमिका खेल्नू खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव जित्यो अविर लगायो अनि बिरामी पर्यो, त्यसैले अविर लगाउन छोडेँ –ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन आग्रह गर्नुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्ने बताउनु भयो । उहाँले होलीले सभ्य, शान्तिपूर्ण, एकतावद्ध समाज निर्माण गर्न, राष्ट्र एकतावद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिल्ने बताउनु भयो । उहाँले चुनावमा धेरै अविर लगाउँदा बिरामी पर्ने गरेको बताउँदै आफूले पछिल्ला केही निर्वाचनमा जितेपछि पनि अविर नलगाइ विजयी मनाउने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म पहिला चुनाव लड्यो, चुनावभर ठिक छ, चुनाव जितिसकेपछि बिरामी । उत्सव मनायो, अविरले छोप्यो । सात दिनसम्म खोक्दा पनि अबिर आउँछ, श्वास फेर्दा पनि त्यस्तै हुन्छ । स्याँक्क ग¥यो अविर आउँछ, अनि १०३ डिग्रि ज्वरो आउँछ । साथी भाईहरुले लगाइदिन्छन्, लगाइदियो की बिरामी । त्यसैले मैले अविर लगाउन छोडेँ । अहिले तीन चार वटा चुनाव गयो । स्वास्थ्यमा ध्यान दिएर खेल्नुहोला, आर्थिक पक्षमा ध्यान दिनुपर्छ । अनावश्यक व्ययभार पर्नेगरी खर्च नगर्नुस् । यस होलीले हामीलाई सभ्य, शान्तिपूर्ण, एकतावद्ध समाज निर्माण गर्न, राष्ट्र एकतावद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिलोस् ।’

अध्यक्ष ओलीले होलीमा पछिल्लो समय विकृति फैलिँदै गएको भन्दै विकृति नफैलिने गरी होली पर्व मनाउनुपर्ने बताउनु भयो । उहाँले इच्छा विपरित होली नखेल्न पनि आग्रह गर्नुभयो । उहाँले होली पर्वहरुमध्येको पनि पुरानो पर्व भएको उल्लेख गर्नुभयो ।