१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदी भूटानी सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट सम्मानित



अ+ अ-

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीलाई भूटानको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट पनि सम्मानित गरिएको छ । सम्मानलाई भारतीय प्रधानमन्त्री मोदीले देशका एक अर्ब चालीस करोड जनताको नाममा समर्पित गरेको बताउनुभएको छ ।

उहाँले भूटानमा भारतीय सहयोगमा बनेको ‘ग्याल्त्सुएन जेत्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड हस्पिटल’को उद्घाटन पनि गर्नुभएको छ ।

उहाँले नयाँ दिल्ली र थिम्पूबीचको सम्बन्ध निरन्तर बढ्दै जाने र यसले दुई देशका नागरिकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“म विनम्रताका साथ ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ स्वीकार गर्छु । यो पुरस्कार प्रदान गर्नुभएकोमा म भूटानका राजाप्रति आभारी छु । म यसलाई भारतका १४० करोड जनताप्रति समर्पित गर्छु । मलाई यो पनि विश्वास छ कि भारत–भुटान सम्बन्ध निरन्तर बढ्दै जानेछ र हाम्रा नागरिकहरूलाई फाइदा पुग्नेछ,” प्रधानमन्त्री मोदीले एक्स (ट्विटरमा)मा पोस्ट गर्नुभएको छ ।

सम्मान प्राप्त गर्ने प्रधानमन्त्री मोदी पहिलो विदेशी विशिष्ट व्यक्ति र समग्रमा यो पुरस्कार पाउने चौथो व्यक्ति बन्नुभएको छ । स्थापित वरीयता र प्राथमिकता अनुसार, ‘अर्डर अफ द ड्रुक ग्याल्पो’लाई आजीवन उपलब्धिको लागि सजावटको रूपमा स्थापित गरिएको हो भने योे भूटानी उच्च सम्मान हो ।

प्रधानमन्त्री मोदीलाई बिदाइ गर्न भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र भुटानका प्रधानमन्त्री दाशो छिरिङ तोब्गे विमानस्थलमा पुग्नुभएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका भूटानी समकक्षी छिरिङ तोब्गेले थिम्पूमा भारत सरकारको सहयोगमा निर्माण गरिएको ‘ग्याल्टसुएन जेत्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड’ नामक अत्याधुनिक अस्पतालको संयुक्तरूपमा उद्द्धाटन गर्नुभएको थियो । नव निर्मित अस्पतालले भूटानमा आमा र बाल स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्ने विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

भूटानमा १५० शैयाको अस्पताल निर्माणको लागि भारत सरकारले दुई चरणमा सहयोग गरेको उक्त अस्पताल कूल एक अर्ब १९ करोडको लागतमा निर्माण गरिएको हो ।

अस्पतालका नयाँ सुविधामा बालरोग, स्त्रीरोग र प्रसूति, एनेस्थेसियोलोजी, अपरेसन थिएटर, शिशुरोग सघन उपचार र बालरोग सघन उपचारका लागि अत्याधुनिक सुविधाहरू हुनेछन् ।

भूटानी प्रधानमन्त्री तोब्गेले अत्याधुनिक अस्पताल निर्माणका लागि पूर्ण आर्थिक सहयोग गरेकोमा भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

भुटानका स्वास्थ्य मन्त्री टान्डिन वाङचुकले प्रधानमन्त्री मोदीद्वारा अस्पतालको उद्घाटनको प्रतीकात्मक महत्वलाई जोड दिँदै यसलाई दुई देशबीचको स्थायी मित्रताको प्रदर्शनको रूपमा वर्णन गर्नुभयो ।

मन्त्री वाङ्गचुकले अस्पतालका सबै सुविधाहरू भारत सरकारको सहयोग तथा साझेदारीमा निर्माण गरिएको बताउँदै दुई देशबीच बलियो द्विपक्षीय सम्बन्धको आधार बनाउने सहयोगी प्रयासहरू भइरहेको बताउनुभयो ।

भूटानमा रहँदा प्रधानमन्त्री मोदीले भूटानी नरेश र प्रधानमन्त्रीलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरूबीच द्विपक्षीय कुटनीतिक, आपसी हित र चासोका बिषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री मोदी दुई दिने राजकीय भ्रमण सकेर शनिबार नयाँ दिल्ली फर्किनुभएको छ ।