१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

भारतीय प्रधानमन्त्री मोदी भूटानी सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट सम्मानित

भारतीय प्रधानमन्त्री मोदी भूटानी सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट सम्मानित
अ अ+ अ-

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीलाई भूटानको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट पनि सम्मानित गरिएको छ । सम्मानलाई भारतीय प्रधानमन्त्री मोदीले देशका एक अर्ब चालीस करोड जनताको नाममा समर्पित गरेको बताउनुभएको छ ।

उहाँले भूटानमा भारतीय सहयोगमा बनेको ‘ग्याल्त्सुएन जेत्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड हस्पिटल’को उद्घाटन पनि गर्नुभएको छ ।

उहाँले नयाँ दिल्ली र थिम्पूबीचको सम्बन्ध निरन्तर बढ्दै जाने र यसले दुई देशका नागरिकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“म विनम्रताका साथ ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ स्वीकार गर्छु । यो पुरस्कार प्रदान गर्नुभएकोमा म भूटानका राजाप्रति आभारी छु । म यसलाई भारतका १४० करोड जनताप्रति समर्पित गर्छु । मलाई यो पनि विश्वास छ कि भारत–भुटान सम्बन्ध निरन्तर बढ्दै जानेछ र हाम्रा नागरिकहरूलाई फाइदा पुग्नेछ,” प्रधानमन्त्री मोदीले एक्स (ट्विटरमा)मा पोस्ट गर्नुभएको छ ।

सम्मान प्राप्त गर्ने प्रधानमन्त्री मोदी पहिलो विदेशी विशिष्ट व्यक्ति र समग्रमा यो पुरस्कार पाउने चौथो व्यक्ति बन्नुभएको छ । स्थापित वरीयता र प्राथमिकता अनुसार, ‘अर्डर अफ द ड्रुक ग्याल्पो’लाई आजीवन उपलब्धिको लागि सजावटको रूपमा स्थापित गरिएको हो भने योे भूटानी उच्च सम्मान हो ।

प्रधानमन्त्री मोदीलाई बिदाइ गर्न भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र भुटानका प्रधानमन्त्री दाशो छिरिङ तोब्गे विमानस्थलमा पुग्नुभएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका भूटानी समकक्षी छिरिङ तोब्गेले थिम्पूमा भारत सरकारको सहयोगमा निर्माण गरिएको ‘ग्याल्टसुएन जेत्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड’ नामक अत्याधुनिक अस्पतालको संयुक्तरूपमा उद्द्धाटन गर्नुभएको थियो । नव निर्मित अस्पतालले भूटानमा आमा र बाल स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्ने विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

भूटानमा १५० शैयाको अस्पताल निर्माणको लागि भारत सरकारले दुई चरणमा सहयोग गरेको उक्त अस्पताल कूल एक अर्ब १९ करोडको लागतमा निर्माण गरिएको हो ।

अस्पतालका नयाँ सुविधामा बालरोग, स्त्रीरोग र प्रसूति, एनेस्थेसियोलोजी, अपरेसन थिएटर, शिशुरोग सघन उपचार र बालरोग सघन उपचारका लागि अत्याधुनिक सुविधाहरू हुनेछन् ।

भूटानी प्रधानमन्त्री तोब्गेले अत्याधुनिक अस्पताल निर्माणका लागि पूर्ण आर्थिक सहयोग गरेकोमा भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

भुटानका स्वास्थ्य मन्त्री टान्डिन वाङचुकले प्रधानमन्त्री मोदीद्वारा अस्पतालको उद्घाटनको प्रतीकात्मक महत्वलाई जोड दिँदै यसलाई दुई देशबीचको स्थायी मित्रताको प्रदर्शनको रूपमा वर्णन गर्नुभयो ।

मन्त्री वाङ्गचुकले अस्पतालका सबै सुविधाहरू भारत सरकारको सहयोग तथा साझेदारीमा निर्माण गरिएको बताउँदै दुई देशबीच बलियो द्विपक्षीय सम्बन्धको आधार बनाउने सहयोगी प्रयासहरू भइरहेको बताउनुभयो ।

भूटानमा रहँदा प्रधानमन्त्री मोदीले भूटानी नरेश र प्रधानमन्त्रीलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरूबीच द्विपक्षीय कुटनीतिक, आपसी हित र चासोका बिषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री मोदी दुई दिने राजकीय भ्रमण सकेर शनिबार नयाँ दिल्ली फर्किनुभएको छ ।