२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी कोषले आयोजना गरेकोे ‘महाजात्रा’ हेर्न पुर्व श्री ५ वडामहारानी कोमल-फोटो फिचर



अ+ अ-

ललितपुर, १० चैत । सामाजिक क्षेत्रमा सकृय रहेको हिमानी कोषले ललितपुरको कोन्ज्योस्योम गाउँपालिकामा पर्ने दलचोकी स्वास्थ्य चौकीलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण जुटाउन पहल शुरु गरेको छ ।

स्वास्थ्य उपकरण खरीद गर्नका लागि आवश्यक रकम जुटाउने उद्धेश्यले कोषले शुक्रबार साँझ क्युएफएक्स सिनेमा, सिभिल मल सुन्धारामा नेपाली चलचित्र ‘महाजात्रा’को प्रथम प्रर्दशन (प्रिमियर शो) आयोजना गरेको छ । त्यसो त यो चलचित्र शुक्रबारैदेखि राजधानीका विभिन्न हलहरुमा प्रर्दशन भएको हो ।

स्वास्थ्य चौकीलाई उपकरण जुटाउन र नेपाली चलचित्रको प्रवद्र्धन गर्ने दोहोरो उद्धेश्यका साथ प्रिमियर शो आयोजना गरिएको कोषले जनाएको छ ।

महाजात्राको प्रिमियर शो हेर्न पुर्व श्री ५ वडामहारानी कोमलको साथै राजपरिवारका अन्य सदस्य, हिमानी कोषका पदाधिकारी लगायतको बाक्लो उपस्थिति थियो । हिमानी कोषकी संस्थापक अध्यक्ष पुर्व युवराज्ञी हिमानी शाह भने हाल अमेरिकामा हुनुभएकोले उहाँ प्रिमियर शोमा अनुपस्थित हुुनुुहुन्थ्यो ।

कोषका पदाधिकारीहरुको साथै वरिष्ठ हाँस्य कलाकार राजाराम पौडेल सहित ‘महाजात्रा’का कलाकार र चलचित्र युनिटका सदस्य हरुले हलमा राजपरिवारका सदस्यहरुको स्वागत गरेका थिए भने उहाँहरुसंग तस्वीर पनि खिचेका थिए ।

कोषले तीन तहमा वर्गीकरण गरि चलचित्रको टिकट दर तोकेको थियो । जस अनुसार प्लाटिनमको ३ हजार ५००, गोल्डको २ हजार र अरु टिकटको एक हजार रुपैयाँ निर्धारण गरिएको थियो । प्रिमियर शोमा करीव सबै टिकट विक्री भएको थियो ।

हिमानी कोषले कोन्ज्योस्योम गाउँपालिकाको दलचोकीमा दुईसय घर सहितको नमुना गाउँ निर्माण गर्ने तयारी गर्दैछ । यसैक्रममा त्यहाँसम्म पुग्ने सडक विस्तार र स्तरोन्नतिको काम भईरहेको छ ।