• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   फ्यानलाई सम्बोधन गर्दै पल लेख्छन्, ‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ ★   ओलीलाई अँगालो हालेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा खाइसक्यो: रास्वपा नेता गणेश कार्की ★   झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै ★   आईपीएलमा आज पञ्जाब र बेंगलुरु भिड्दै, हार्ने टोली प्लेअफबाट बाहिरिने ★   कांग्रेस संसदीय दलको बैठक स्थगित ★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश ★   सुन तोलामा रु आठ सयले घट्यो ★   बाँकेमा गोली हानेर लागुऔषधका कारोबारी पक्राउ ★   पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्: राष्ट्रपति ★   तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

हिमानी कोषले आयोजना गरेकोे ‘महाजात्रा’ हेर्न पुर्व श्री ५ वडामहारानी कोमल-फोटो फिचर



ललितपुर, १० चैत । सामाजिक क्षेत्रमा सकृय रहेको हिमानी कोषले ललितपुरको कोन्ज्योस्योम गाउँपालिकामा पर्ने दलचोकी स्वास्थ्य चौकीलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण जुटाउन पहल शुरु गरेको छ ।

स्वास्थ्य उपकरण खरीद गर्नका लागि आवश्यक रकम जुटाउने उद्धेश्यले कोषले शुक्रबार साँझ क्युएफएक्स सिनेमा, सिभिल मल सुन्धारामा नेपाली चलचित्र ‘महाजात्रा’को प्रथम प्रर्दशन (प्रिमियर शो) आयोजना गरेको छ । त्यसो त यो चलचित्र शुक्रबारैदेखि राजधानीका विभिन्न हलहरुमा प्रर्दशन भएको हो ।

स्वास्थ्य चौकीलाई उपकरण जुटाउन र नेपाली चलचित्रको प्रवद्र्धन गर्ने दोहोरो उद्धेश्यका साथ प्रिमियर शो आयोजना गरिएको कोषले जनाएको छ ।

महाजात्राको प्रिमियर शो हेर्न पुर्व श्री ५ वडामहारानी कोमलको साथै राजपरिवारका अन्य सदस्य, हिमानी कोषका पदाधिकारी लगायतको बाक्लो उपस्थिति थियो । हिमानी कोषकी संस्थापक अध्यक्ष पुर्व युवराज्ञी हिमानी शाह भने हाल अमेरिकामा हुनुभएकोले उहाँ प्रिमियर शोमा अनुपस्थित हुुनुुहुन्थ्यो ।

कोषका पदाधिकारीहरुको साथै वरिष्ठ हाँस्य कलाकार राजाराम पौडेल सहित ‘महाजात्रा’का कलाकार र चलचित्र युनिटका सदस्य हरुले हलमा राजपरिवारका सदस्यहरुको स्वागत गरेका थिए भने उहाँहरुसंग तस्वीर पनि खिचेका थिए ।

कोषले तीन तहमा वर्गीकरण गरि चलचित्रको टिकट दर तोकेको थियो । जस अनुसार प्लाटिनमको ३ हजार ५००, गोल्डको २ हजार र अरु टिकटको एक हजार रुपैयाँ निर्धारण गरिएको थियो । प्रिमियर शोमा करीव सबै टिकट विक्री भएको थियो ।

हिमानी कोषले कोन्ज्योस्योम गाउँपालिकाको दलचोकीमा दुईसय घर सहितको नमुना गाउँ निर्माण गर्ने तयारी गर्दैछ । यसैक्रममा त्यहाँसम्म पुग्ने सडक विस्तार र स्तरोन्नतिको काम भईरहेको छ ।