२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबाद र कोलकातामा को बलियो ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजन सुरु भइसकेको छ । शुक्रबार उद्घाटन समारोहपछि, पहिलो खेल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच खेलिएको थियो । प्रतियोगिताको पहिलो डबल हेडर (एक दिनमा २ खेल) आज हुँदैछ ।

पहिलो खेलमा दिउँसो ३ः४५ बजे पञ्जाब किंग्सले दिल्ली क्यापिटल्ससँग मोहालीमा खेल्नेछ । दोस्रो खेलमा दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सले २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादको सामना गर्नेछ ।

आईपीएलमा हालसम्म कोलकाता र हैदरावादबीच २५ खेल भएका छन् । ९ खेलमा हैदरावाद र १५ खेलमा कोलकाता विजयी भएका छन् । दुवैबीच एक खेल टाई पनि भएको छ ।

कोलकाताको इडेन गार्डेन स्टेडियममा हैदरावादको कीर्तिमान अझ खराब छ । उसले यहाँ ९ खेल खेल्दा ३ मात्रै जित्न सकेको छ ।

कोलकाताको पिच स्पिन र पेस बलर दुवैका लागि सहयोगी साबित हुन्छ । तर गत सिजन यहाँ धेरै रन बनेका थिए । ब्याट्सम्यानका लागि सहयोगी पिच थिए तर यसपटक यहाँ स्पिनको हावी हुन सक्छ ।

किनभने घरेलु टोलीमा वरुण चक्रवर्ती, सुनिल नारायण र सुयश शर्मा जस्ता शीर्ष श्रेणीका स्पिनरहरू छन् ।

कोलकातामा शनिबार साँझ गर्मी हुनेछ, वर्षाको सम्भावना छैन । दोस्रो इनिङ्समा ओस खस्न सक्छ, यस्तो अवस्थामा टस जित्ने टोलीले पछ्याउन चाहन्छ ।