२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबाद र कोलकातामा को बलियो ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजन सुरु भइसकेको छ । शुक्रबार उद्घाटन समारोहपछि, पहिलो खेल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच खेलिएको थियो । प्रतियोगिताको पहिलो डबल हेडर (एक दिनमा २ खेल) आज हुँदैछ ।

पहिलो खेलमा दिउँसो ३ः४५ बजे पञ्जाब किंग्सले दिल्ली क्यापिटल्ससँग मोहालीमा खेल्नेछ । दोस्रो खेलमा दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सले २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादको सामना गर्नेछ ।

आईपीएलमा हालसम्म कोलकाता र हैदरावादबीच २५ खेल भएका छन् । ९ खेलमा हैदरावाद र १५ खेलमा कोलकाता विजयी भएका छन् । दुवैबीच एक खेल टाई पनि भएको छ ।

कोलकाताको इडेन गार्डेन स्टेडियममा हैदरावादको कीर्तिमान अझ खराब छ । उसले यहाँ ९ खेल खेल्दा ३ मात्रै जित्न सकेको छ ।

कोलकाताको पिच स्पिन र पेस बलर दुवैका लागि सहयोगी साबित हुन्छ । तर गत सिजन यहाँ धेरै रन बनेका थिए । ब्याट्सम्यानका लागि सहयोगी पिच थिए तर यसपटक यहाँ स्पिनको हावी हुन सक्छ ।

किनभने घरेलु टोलीमा वरुण चक्रवर्ती, सुनिल नारायण र सुयश शर्मा जस्ता शीर्ष श्रेणीका स्पिनरहरू छन् ।

कोलकातामा शनिबार साँझ गर्मी हुनेछ, वर्षाको सम्भावना छैन । दोस्रो इनिङ्समा ओस खस्न सक्छ, यस्तो अवस्थामा टस जित्ने टोलीले पछ्याउन चाहन्छ ।




भर्खरै