४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

पर्यटन राजधानी नजिकैको ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनमा भिटोफ

पर्यटन राजधानी नजिकैको ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनमा भिटोफ
अ+ अ-

गण्डक । यही चैत ४ गते पर्यटन राजधानी घोषणा भएको पोखरासँगै आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवर्द्धन र विकासलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले सक्रियता देखाएको छ ।

पर्यटन राजधानी आसपासका पर्यटकीय गाउँलाई प्रवर्द्धन गर्दै त्यहाँ पर्यटकीय गतिविधि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनात्मक परिचयात्मक अवलोकन भ्रमण गरिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले बताउनुुभयो ।

‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको विकास गर्दै आएको बताउँदै उहाँले धेरै पर्यटकीय सम्भावना भएर पनि अपेक्षित प्रवर्द्धन हुन नसकेको ठूलाकोट–ठूला स्वाहाँरा क्षेत्रमा पर्यटनसम्बद्ध क्षेत्रका विज्ञ, प्रतिनिधि तथा सञ्चारकर्मीको अवलोकन भ्रमण गराइएको बताउनुुभयो ।

उत्तरमा मादी नदी, दक्षिणमा सेती, पूर्वमा बेगनास पचभैया र पश्चिममा सुनपदाली विजयपुरभित्र रहेको पोखरा महानगरपालिका–२८ स्थित ठूलाकोट र नजिकै रहेको कास्कीकै मादी गाउँपालिका–५ स्थित ठूलास्वाहाँरा यस क्षेत्रकै ऐतिहासिकस्थलका रुपमा चासो र चर्चा कमाएका छन् ।

ठूलाकोट मौजाको रूपमा इतिहासदेखि नै चासो र चर्चा कमाएको यस ठाउँबाट नजिकै रहेको कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौंअर्चलेका कारण पनि यहाँको गरिमा र महत्व अझै बढाएको छ । ठूलाकोट एवं आसपासको प्राकृतिक सौन्दर्यताको चर्चा गर्दै कवि शिरोमणिले आफ्ना बाल्यावस्थाको स्मरण गर्दै रचना गर्नुभएको कवितामा उल्लेख गर्नुुभएको छ–

“सङ्गीतसित रङ्गिँदै म कहिले पुग्थेँ ‘ठूलाकोट’मा

कैले समथर फाँट टारहरूका चित्रे घना गोठमा ।

जान्थ्यो दृष्टि जता उतै प्रकृतिको मुस्कान राम्रो थियो

जसमा बाल्य विकासको मधुरिमा स्वर्गीय हाम्रो थियो ।।”

कवि शिरोमणिले भनेजस्तै ठूलाकोट र आसपासका प्राकृतिक दृश्य लोभलाग्दा छन् । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्किएका हिमाल, यसको काखमा छचल्किइरहेका पोखरा तथा लेखनाथका तालतलैयालाई अझै पनि पर्यटकीयरुपमा अपेक्षित उपयोग भने गर्न नसकिएको नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष टीकाराम सापकोटाले बताउनुुभयो । दिवाकालीन दृश्यावलोकनसँगै ठूलाकोट यो क्षेत्र रातको समयमा तारामण्डल हेर्ने उपयुक्त गन्तव्यसमेत रहेको सापकोटाको भनाइ छ ।

पदयात्रा एवं पर्वतारोहण पर्यटनमा तारामण्डल अवलोकन पनि महत्वपूर्ण पक्ष भएको भन्दै उहाँले यस ठाउँलाई तारामण्डल अवलोकनको गन्तव्यका रुपमा पनि विकास गर्न सकिने देखिएको बताउनुुभयो । प्रकृतिले सम्पन्न ठूला कोटसँग जोडिएको इतिहास र त्यसैसँग सम्बन्धित संस्कृतिलगायतको उचित प्रचारप्रसार एवं पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने बताउनुुहुन्छ ।

ठूलाकोटस्थित कालभैरव मन्दिर यहाँका अतिप्राचीन धार्मिक महत्वको स्थल रहेको बताउँदै उहाँले यसको ऐतिहासिक एवं धार्मिक महत्वलाई उजागर गदैै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुुभयो । वडाभित्र रहेका ठूलाकोटको कालभैरवलगायत कालिका मन्दिर आदिको पुरातात्विक महत्वलाई खोज्दै यिनीहरूको दीर्घकालीन विकास गर्ने उहाँको भनाइ छ ।

ठूलाकोट र आसपासको क्षेत्र प्राचीन समयदेखि नै समाजमा विशिष्ट प्रभाव पार्ने ज्योतिषीहरूको जन्मस्थान पनि हो । ग्रह नक्षत्र आदिका गति, स्थिति वा तिनका अनुसार हुने शुभाशुभ फलका ज्ञाता ज्योतिष विद्यामा पारङ्गत मानिएका प्राणनाथ त्रिपाठी, मनोहरि त्रिपाठीजस्ता ज्योर्तिविद्को सफल साधनामा यो ठाउँको प्रभाव पनि रहेको स्थानीयवासी तर्क गर्दछन् ।

इतिहासलाई खोतल्दा बाइसे÷चौबिसे राजाका पालामा तत्कालीन गण्डक क्षेत्रका कोटमध्येको ठूलो कोट भएकै कारण यसको नाम ठूलाकोट रहन गएको हो । तत्कालीन समयमा छिमेकी लमजुङ राज्यबाट आइपर्ने आक्रमणको खतरा सामना गर्न यस ठाउँमा सेना तैनाथ गरिन्थ्यो । त्यसै समयमा यहाँ शक्तिस्वरूप कालभैरव र दुर्गाको पूजाआजा गरिएको पाइन्छ ।

प्राचीनकालदेखि स्थापित कालभैरव र दुर्गा मन्दिरका कारण यहाँको विशिष्ट धार्मिक महत्व रहेको छ । तत्कालीन नेपालका बाइसे÷चौबीसे राजाका पालामा यहीँबाट सीमा सुरक्षा व्यवस्था गर्ने, मौलो पुज्ने प्रसिद्ध किल्लाको रूपमा यसको महिमा र गरिमा रहेको बूढापाका बताउँछन् । यहाँ आएर कालभैरव र दुर्गालाई पूजा गरेमा चिताएको पुग्ने विश्वासका कारण दसैँका साथै अन्य समयमा विभिन्न स्थानबाट भक्तजन भाकलसहित पूजाआजा गर्न आउँछन् ।

विगतको इतिहास र प्रचलित संस्कृतिलाई निरन्तरता दिँदै अहिले पनि प्रत्येक चैतेदसैँ  र विजयादशमीमा यहाँ विशेष पूजाआजा गर्ने गरिएको पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष जीवनराज सापकोटाले बताउनुुभयो । ठूलाकोट आफैँमा प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य भएको बताउँदै उहाँले यहाँबाट देखिने मनोरम हिमशृङ्खला, लेखनाथका बेगनास, रुपा, खास्टे, निउरेनी, गुदे, दिपाङ र मैदीताल, पोखरा उपत्यका र आसपासका सुन्दर हरियाली डाँडाकाँडालाई पर्यटन बजारमा पु¥याउनुुपर्नेमा जोड दिनुुभयो ।

उक्त गाउँमा प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, मनोरञ्जन र साहसिक पर्यटनका विविध पूर्वाधार निर्माण गरी पर्यटनबाट रोजगारी र आयआर्जन बढाउन सकिने देखिएको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताउनुुभयो ।

यो गाउँबाट देखिने मनोरम हिमशृङ्खला, लेखनाथका बेगनास, रुपा, खास्टे, निउरेनी, गुदे, दिपाङ र मैदीताल, पोखरा उपत्यका र आसपासका सुन्दर हरियाली डाँडाकाँडालाई पर्यटन बजारमा पु¥याउनुुपर्ने उहाँको भनाइ छ । ठूलाकोटसँगै नजिकै रहेको ठूलास्वाहाँरामा स्थानीयले घरवास सञ्चालनमा ल्याएका छन् । गाउँको पर्यटकीय विकासलाई लक्षित गरी तीन वर्षदेखि यहाँका पाँचवटा घरमा घरबास सञ्चालन भइरहेको ठूलास्वाहाँरा टोल विकास संस्थाका अध्यक्ष एवं मादी गाउँपालिका होमस्टे महासङ्घका अध्यक्ष भीम गुरुङले बताउनुुभयो । यहाँस्थित घरवासमा दैनिक ४० जनासम्म राख्न सकिने बताउँदै उहाँले प्राकृतिक दृश्यावलोकनसँगै स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद चाख्न पाउनु यहाँको विशिष्टता भएको जानकारी दिनुुभयो ।

यहाँबाट समग्र पोखराको दृश्यावलोकन गर्न पाइने बताउँदै उहाँले गाउँ पर्यटन प्रवर्द्धनका माध्यमबाट स्थानीयवासीको रोजागारी अभिवृद्धि गर्ने लक्ष्य राखिएको बताउनुुभयो । पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा पोखरा आसपासका गन्तव्यलाई पर्यटनसँग जोड्न अपरिहार्य भएको पर्यटनविज्ञ डा रामजी शर्मा बताउनुुहुन्छ । पोखरा पर्यटन राजधानी भएका अवस्थामा आसपासका गन्तव्यको प्रवर्द्धन र विकासका लागि पर्यटनसम्बद्ध सङ्घसंस्थाले चासो दिनुपर्ने उहाँको भनाइ छ ।

पर्यटन राजधानी पोखरा आसपासका पर्यटकीय गाउँलाई प्रवर्द्धन गर्न सकेमा गाउँबाट भइरहेको स्थानीयवासीको पलायनलाई रोक्न सकिने प्राध्यापक दीपेन्द्र पहारीको बुझाइ छ । रासस