४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

फागु पूर्णिमाका दिन पनि पानी पर्ने !

फागु पूर्णिमाका दिन पनि पानी पर्ने !
अ+ अ-

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । यसका कारण अहिले नेपालका धेरै ठाउँमा पानी परेको छ । फागु पूर्णिमाका दिन भोलि पनि ठाउँठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घन्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ । साथै पश्चिमी भूभागहरूमा पनि वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले अद्यावधिक गरेको विवरण अनुसार पछिल्लो १२ घन्टामा गोरखाको बिरेनचोकमा ८८.८ मिलिमिटर वर्षा मापन भएको छ भने लमजुङको कुन्छामा ४६.४ मिलिमिटर वर्षा भएको छ ।

झापाको चन्द्रगढीमा १८.४, पाँचथरको फिदिममा २१.२, मोरङको लेटाङमा ८.६ मिलिमिटर, सुनसरीको धरानमा २९.२ मिलिमिटर, चतारामा २५. ८ मिलिमिटर, ताप्लेजुङमा ७.८ मिलिमिटर, सिन्धुलीमा ७.६ मिलिमिटर, दोलखामा ६.६ मिलिमिटर, मकवानपुरको चिसापानीगढीमा ३२.६ मिलिमिटर, धादिङको गजुरीमा २०.४ मिलिमिटर, काठमाडौंको कीर्तीपुरमा १० मिलिमिटर, गोरखाको आरूघाटमा १९.६ मिलिमिटर, तनहुँको बन्दीपुर २४ मिलिमिटर,कालीकोटको मान्ममा ८.६ मिलिमिटर, विजयपुरमा २१.४ मिलिमिटर, जुम्लामा १० मिलिमिटर, मुगुको ताल्चामा १६.५ मिलिमिटर वर्षा मापन भएको छ ।

आज पनि देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि फागु पूर्णिमाका दिन पनि केही ठाउँमा हल्का वर्षा हुने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पर्सी सोमबार पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।