२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

वेलकम एड्भरटाईजिङको ‘ह्याप्पी होली’

वेलकम एड्भरटाईजिङको ‘ह्याप्पी होली’
अ अ+ अ-

काठमाडौं । नेपालको अग्रणी विज्ञापन एजेन्सी वेलकम एड्भरटाईजिङले आपसी एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

वेलकम एड्भरटाईजिङले आफ्नै कार्यालय प्राङ्गणमा विशेष कार्यक्रम गरी होली पर्व मनाएको हो ।

फागु पूर्णिमा अर्थात् होली नेपालमा हर्षोल्लासका साथ मनाइन्छ । यो समय वसन्तको प्रचुर मात्रामा रंगहरूको आनन्द लिने र जाडोलाई बिदाइ गर्ने समय हो । हिन्दूहरूका लागि नेपालमा सबै उमेर र पृष्ठभूमिका मानिसहरूले व्यापक रूपमा मनाइने चाडहरू मध्ये रंगहरूको पर्व होली, एक हो ।

परापूर्वकालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा होली पर्व मनाइन्छ ।

हालको समाज, परम्परा र पराम्परागत मूल्य मान्यतादेखि टाढा हुँदै आधुनिकता तर्फ धकेलिँदै गईरहेको अवस्थामा वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल तथा निता पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई रमाईलोे उमङ्ग र उत्सवकोे पर्व होली को शुभकामना सहित, विभिन्न होलीको रंग लगाई दिदै यस्ता पर्वहरुले समाजमा टुटेको सम्बन्ध, द्वन्द्वको अन्त्य र विगतबाट सञ्चित भावनात्मक अशुद्धताहरूबाट छुटकारा पाउन र आपसी मेलमिलाप का साथै आत्मियताको राम्रो विकास तथा समाजको पुर्नस्थापना र नवीकरण गर्न थप हौसल्ला मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।

सो अवसरमा वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुले एक–आपसमा रंगहरु छ्यापेर, गीतहरू र नृत्यहरूमा संलग्न भएर, होलीका व्यंजनहरूका साथमा “ह्याप्पी होली” शुभकामना आदानप्रदान गर्दै होलीपर्व मनाएका छन् ।