३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: पहिलो खेलमै चेन्नईसँग बैंग्लोर पराजित



CSK celebrating win during match 1 of the Indian Premier League season 17 (IPL 2024) between Chennai Super Kings and Royal Challengers Bangalore held at the MA Chidambaram Stadium, Chennai on the 22nd March 2024. Photo by Saikat Das / Sportzpics for IPL
अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा चेन्नईले ६ विकेटको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

बैंग्लोरले दिएको १ सय ७४ रनको लक्ष्य चेन्नईले मात्र ४ विकेटको क्षतिमा ८ बल बाँकी रहँदा पछ्यायो । चेन्नईको जीतमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । त्यस्तै अजिंके रहाणेले २७ रन तथा डेरल मिचेलले २२ रनको योगदान दिए ।

शिवम दुवेले नटआउट रहँदै २८ बलमा ३४ रन तथा रवीन्द्र जडेजाले १७ बलमा २५ रन बनाउँदै टोलीलाई जीतसम्म पुर्याए । बैंग्लोरका लागि क्यामरुन ग्रिनले २ तथा यश दयाल र करन शर्माले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । टोलीका लागि अनुज रावतले सर्वाधिक ४८ रन बनाए ।

त्यस्तै, दिनेश कार्तिकले २६ बलमा ३८ रन तथा कप्तान फाफ डु प्लेसिसले २३ बलमा ३५ रन बनाए । विराट कोहलीले २१ रन तथा ग्रिनले १८ रन जोडे ।

चेन्नईका लागि मुस्तफिजुर रहमानले ४ ओभरमा २९ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै दीपक चाहरले १ विकेट लिए ।