काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले हाल हाल देशभर मौसम सामान्यतया सफा रहेको र तराई तथा पहाडका केहि भूभागहरुमा हुस्सु र कुहिरो लागिरहेको जनाएको छ ।
यसैगरी, आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहने पूर्वानुमान छ । भने, बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।