१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले सोधपुछका लागि रामकुमारी झाँक्रीलाई बोलायो



अ+ अ-

काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरी चौकी बोलाएको छ । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेतृ झाँक्रीलाई सोधपुछको लागि बोलाएको हो । 

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको जानकारी पनि दिए । 

नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । त्यस्तै हिजो (बुधबार) राजधानीमा आयोजित प्रचण्ड–नेपाल पक्षको आमसभामा पनि उनले मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी थिईन र झाँक्रीले भनेकी थिइन्– बोल्न पाइन्छ। साथै उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन्।