२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ



अ+ अ-

काठमाडौं । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । कथित मदिरा घोटाला प्रकरणमा मुख्यमन्त्रीलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई पक्राउ परेको हो । उनलाई आज दुई घण्टाको सोधपछि नियन्त्रणमा लिइएको हो । दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनले पक्राउविरुद्ध सर्वोच्च अदालतमा पुगेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

भारतमा यो वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रो घटना हो । यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो । यसअघि दिल्लीका शिक्षामन्त्रीसमेत रहेका उपमुख्यमन्त्री मनीष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पनि भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । दिल्लीमा कथित मदिरा घोटाला प्रकरणमा करिब एक सय करोड भारतीय रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

मुख्यमन्त्री पक्राउ परेपछि उनको निवासबाहिर पार्टी नेता तथा कार्यकर्ताको भीड लागेको छ । लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ ।




भर्खरै