५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्टीले जितिन् अस्ट्रेलियन ओपनको उपाधि



अ+ अ-

मेलबर्नः यस वर्षको अस्ट्रेलियन ओपनको महिला एकल तर्फको उपाधि अस्ट्रेलियाली टेनिस खेलाडी विश्व नं. १ आस्ले बार्टीले जितेकी छिन् । कुनै पनि अस्ट्रेलियाली खेडालीले सन् १९७८ अर्थात् ४४ वर्ष पछि अस्ट्रेलियन ओपनको उपाधि जितेको यो पहिलो पटक हो ।

रड लाभर एरेनामा खचाखच घरेलु दर्शक माझ भएको फाइनलमा बार्टीले डानियल कोलिन्सलाई सहजै पराजित गरेकी थिइन् । बार्टीले ६–३, ७–६ ले खेल जितेर इतिहास रचिन् ।

यसअघि शुक्रबार भएको सेमिफाइनलमा बार्टीले अमेरिकी युवती म्याडिसन कीज लाई ६–१, ६–३ को सोझो सेटमा सहजै पराजित गरेकी थिइन् ।

सन् १९८० मा अस्ट्रेलियाली महिला वेन्डी टर्नबुलले अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेयता पहिलो पटक बार्टी फाइनलमा पुगेकी थिइन् ।

शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा २७औं वरियताकी अमेरिकी सुन्दरी डानियल कोलिन्सले सातौं वरियताकी इगा स्वाइटेकलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेकी थिइन् ।

पुरुष एकल तर्फको फाइनल भिडन्त भोलि आइतबार हुँदैछ । यस फाइनलमा राफायल नाडाल र डानील मेडेभेडेभ प्रवेश गरिसकेका छन् । एपी