१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्द केसीको आरोप- ‘केपी ओली तानाशाहा हुन्, यीनलाई जनताले फाल्नुपर्छ’



फाईल फोटो
अ+ अ-

काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको आरोप लगाएका छन् । उनले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरेर भनेका छन् ‘केपी ओली ताना शाह हुन्, यिनलाई जनताले नै फाल्नुपर्छ, यी अरु कुनै पनि कारणले आफै निस्किनेवाला छैनन् ।’

डा केसीले अहिले सर्वोच्च अदालतले इमानले काम गर्नुपर्ने बताए । उनले भने अहिले सर्वाेच्चको इमानको परीक्षा हुँदैछ, संसद विघटन उहाँहरुले बदर गर्नुहुनेछ ।’ 

साथै डा.केसीले ओलीलाई श्रीपेज बिनाका श्री ७ महाराजको संज्ञा पनि दिए । ओलीले नेपाली जनताले संविधाान सभामार्फत् ल्याएको संविधानको हत्‍या गरेको आरो पनि लगाए । 

केसीले विभिन्न ३ बुँदे माग राखेर फागुन १२ गतेदेखि अनशन घोषणा गरेका छन् । उनले संसद विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।