१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाखा अधिकृत कार्कीविरुद्ध ३ करोड २१ लाख विगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको आरोपमा काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

कार्कीले सरकारी जग्गालाई गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको छ । २०५८ साउनमा सरकारी सेवामा प्रवेश गरेका कार्कीले ३० चैत २०७९ सम्म ३ करोड ७७ लाख १३ हजार आम्दानी गरेको र ६ करोड ९८ लाख ४६ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको अख्तियारले जनाएको छ ।

कार्कीको ३ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ । साथै, उक्त रकमलाई बिगो कायम गरी गैरकानुनी रूपमा आम्दानी गरेको सम्पत्ति जफत गर्नसमेत अख्तियारको मागदाबी छ ।