१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चूडामणि पौडेल सचिवमा बढुवा



अ+ अ-

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा कर्णाली प्रदेशका कायम मुकायम प्रमुख सचिव रहेका पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तै, सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्ति पनि गरेको छ । प्रा सङ्गीता सिंह (काठमाडौँ), डा कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र डा अरनिको पाण्डे (ललितपुर)लाई सदस्य पदमा नियुक्त गरिएको हो ।