• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

आज देशभर पानी पर्ने, तराईमा हावाहुरी



काठमाडौं । आज देशभर बदली भई अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले पानी पर्ने सम्भावना रहेको हो । त्यसैको प्रभावले अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशमा पनि सामान्यत: बदली भइरहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात समेत भइरहेको छ ।

आज दिउँसो पनि देशभर नै बदली रहने छ । कोशी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका हल्का हिमपातको सम्भावना छ । मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका हावा–हुरीकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।