२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

रविमाथिको संसदीय छानबिन, चोख्याउने उपाय !

रविमाथिको संसदीय छानबिन, चोख्याउने उपाय !
filephoto
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अहिले सहकारी घाटाला प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय समिति गठन गरेर छानबिन गर्न माग गर्दै आएको छ । कांग्रेसले यही विषयलाई उठाएर लगातार संसद्मा समेत अवरोध गरिरहेको छ ।

रविमाथी सहकारी ठगी प्रकरणमा पोखरामा उजुरी परेको छ । उजुरी पनि एक जना दुई जनाले दिएका छैनन् १५ सयभन्दा बढी पीडितको आवाज समेटिएको छ । यो उजुरी फौजदारी प्रकृतिको हो । यो सरकारीवादी हुने मुद्दाको उजुरी हो । यसको छानबिन गरी टुंगो लगाउने जिम्मा नेपाल प्रहरीकै हो ।

फौजदारी कसुरको आरोप लागेको छ भने त्यसमा संसदीय समिति वा अन्य कुनै आयोग बनाएर छानबिन गर्न पाइँदैन । यो राज्यका नियमित अनुसन्धान र कारबाही गर्ने निकायहरुको क्षेत्राधिकार हो । यदि समिति वा आयोग गठन गरेर रविलाई निर्दोष ठहर गरिएमा राज्यका अन्य निकायले कसरी गर्न सक्छन् अनुसन्धान ? अथवा संसदीय समितिले काम गरिरहेको अवस्थामा राज्यका अन्य निकायको काम नै प्रभावित हुनसक्छ । अहिले कांग्रेसले किन संसदीय समितिको माग गरेको त्यो आफैंमा आश्चर्यजनक हुने विषय हो ।

रविलाई बचाउन सम्पूर्ण राज्य संयन्त्र लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीमा रविको कुनै संलग्नता रहेको तथ्य फेला नपरेको भन्दै उन्मुक्ति दिइरहेका छन् । जबकी यो विषयमा परेको उजुरीमा राज्यका कुनै निकायले छानबिन नै गरेको छैन । प्रधानमन्त्री भने आफैं अघि सरेर न्यायाधीश बनेर फैसला गरिदिइसकेका छन् । यसले हाम्रो शासन प्रणाली कस्तो छ भन्ने छर्लङ्ग हुन्छ ।

प्रधानमन्त्री दाहाल मात्र होइन, सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि संसदीय छानबिन असम्भव भएको भन्दै कांग्रेसले उठाएको माग ठाडै अस्वीकार गरिदिएका छन् । उनी रवि लामिछानेको पक्षमा खुलेर बोलिरहेका छन् । त्यति मात्र होइन, उनले रविको निर्दोषिता प्रमाणित गर्न गृह मन्त्रालय मात्र सुम्पिएनन्, सरकारका महत्वपूर्ण मन्त्रालयहरुमा रविकै दललाई भाग पुर्‍याइदिएका छन् ।

रविलाई उन्मुक्ति दिनुपर्छ वा उनलाई कारबाही नै गर्नुपर्छ भन्ने होइन । तर गृहमन्त्रीमाथि लागेको गम्भीर आरोपबारे छानबिन भने हुनुपर्छ । तर त्यो नेपाली कांग्रेसले भने जस्तो संसदीय समिति गठन गरेर भने होइन । राज्यका निकायले गर्ने नियमित कामअन्तर्गन नै यो काम सकिन्छ । यसरी काम गर्न आफ्नै मातहतका निकायले कसरी सक्लान् र भन्ने प्रश्न पनि हुनसक्छ । तर, यो उजुरी रवि गृहमन्त्री हुनुअघि नै परेको हो । उनका बारेमा प्रहरीले मात्र होइन, पोखरा महानगरपालिकाले पनि केही तथ्यहरु संकलन गरेको छ । रवि आफैं गृहमन्त्री हुँदा उनी मातहतको निकायले यस विषयमा छानबिन गर्न सक्दैन भन्ने लाग्छ भने प्रधानमन्त्री मातहतको निकायलाई त्यसको जिम्मा दिनुपर्छ ।

राजस्व अनुसन्धान विभाग, सम्पत्ति सुद्धीकरण विभागले पनि यो विषयमा छानबिन गर्न सक्छन् । त्यति मात्र होइन, यी र यस्तै सरकारी संरचनाभित्रै बाट छानबिन गर्न एउटा छुट्टै टोलीसमेत बनाउन सकिन्छ । त्यसका लागि प्रधानमन्त्रीको सक्रियता आवश्यक छ ।

त्यति मात्र नभएर रविको लगानी भएको भनिएको सहकारीको हिसावकिताव हेरेर त्यसको वास्तविकता पत्ता लगाउने काम पनि सहकारी मन्त्रालयको हो । अब सहकारी मन्त्रालयले पनि यसविषयमा छानबिन गर्नुपर्छ । सहकारी विभागले पनि घटनाको सत्यतथ्य पत्ता लगाउन सक्छ ।

छानबिन गरेर वास्तविकता सार्वजनिक गर्नुपर्ने बेलामा फौजदारी आरोपमा परेको उजुरीलाई अन्यत्रै मोड्ने गरी संसदीय छानबिन समिति गठन गर्नु चाहिँ उचित हुँदैन । संसदीय छानबिन समितिलाई कारबाही गर्ने अधिकार हुँदैन । न त उसले दिएको सुझावअनुसार सिधै मुद्दा चलाउन सकिन्छ । यसलाई आधार बनाएर फेरि छानबिन गर्नैपर्ने भएकाले अहिले कानुनविपरित आयोग गठनको पहलमा लाग्नु भन्दा गृह मन्त्रालय बाहिरको निकायलाई छानबिनको जिम्मा दिनु नै उपयुक्त हुन्छ ।