१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र स्थापना

सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र स्थापना
अ अ+ अ-

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ ।

बुधवार सिंहदरबार परिसरमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गर्नुभएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले विगतका वर्षको भन्दा पछिल्लो ६ महिनामा डिडिसी नाफा गएको बताउनु भयो । उहाँले पछिल्लो समय दुग्धजन्य वस्तुहरु बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने बताउनु भयो ।

उहाँले डिडिसीले धेरै जनधन्त्व भएका क्षेत्रमा बिक्री केन्द्रहरुलाई अभियानकै रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले सिंहदरबारमा २ हजार ५ सय भन्दा बढी कर्मचारी भएकाले उनीहरुको सहजताको लागि बिक्री केन्द्र स्थापना गरिएको बताउनु भयो । सचिव पौडेलले डिडिसीको मुख्य उद्देश्य भनेको डिडिसीको उत्पादनलाई उपभोक्ता माझ पुर्‍याउनु रहेको बताउनु भयो ।

मुख्य सचिव डा.वैकुण्ठ अर्यालले डिडिसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउनु भयो । उहाँले सिंहदरबार भित्र डिडिसीको बिक्री केन्द्र हुँदा डिडिसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको बताउनु भयो । उहाँले दुग्धजन्य वस्तुहरु बिक्री नभएको विषय सिंहदरबार बिक्री केन्द्रले थप सहज हुने बताउनु भयो ।

उहाँले डिडिसीले काठमाडौंको सिंहदरबारभित्र बिक्री केन्द्र खोलेर भन्दा पनि मुलुकभर बिक्री बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले डिडिसी रिङरोड भन्दा बाहिर गएपछि हराउने गरेकाले बिक्री केन्द्र नपुगेको ठाउँमा पुग्न आग्रह गर्नुभयो । उहाँले डिडिसीले आफ्ना उत्पादनलाई मुलुकभर पुर्‍याउन सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।