२० मंसिर २०८२, शनिबार
,
Latest
नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र स्थापना



अ+ अ-

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ ।

बुधवार सिंहदरबार परिसरमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गर्नुभएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले विगतका वर्षको भन्दा पछिल्लो ६ महिनामा डिडिसी नाफा गएको बताउनु भयो । उहाँले पछिल्लो समय दुग्धजन्य वस्तुहरु बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने बताउनु भयो ।

उहाँले डिडिसीले धेरै जनधन्त्व भएका क्षेत्रमा बिक्री केन्द्रहरुलाई अभियानकै रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले सिंहदरबारमा २ हजार ५ सय भन्दा बढी कर्मचारी भएकाले उनीहरुको सहजताको लागि बिक्री केन्द्र स्थापना गरिएको बताउनु भयो । सचिव पौडेलले डिडिसीको मुख्य उद्देश्य भनेको डिडिसीको उत्पादनलाई उपभोक्ता माझ पुर्‍याउनु रहेको बताउनु भयो ।

मुख्य सचिव डा.वैकुण्ठ अर्यालले डिडिसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउनु भयो । उहाँले सिंहदरबार भित्र डिडिसीको बिक्री केन्द्र हुँदा डिडिसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको बताउनु भयो । उहाँले दुग्धजन्य वस्तुहरु बिक्री नभएको विषय सिंहदरबार बिक्री केन्द्रले थप सहज हुने बताउनु भयो ।

उहाँले डिडिसीले काठमाडौंको सिंहदरबारभित्र बिक्री केन्द्र खोलेर भन्दा पनि मुलुकभर बिक्री बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले डिडिसी रिङरोड भन्दा बाहिर गएपछि हराउने गरेकाले बिक्री केन्द्र नपुगेको ठाउँमा पुग्न आग्रह गर्नुभयो । उहाँले डिडिसीले आफ्ना उत्पादनलाई मुलुकभर पुर्‍याउन सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।