५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका मनोनयन गर्न प्रशताव गर्नुभएको हो ।

प्रश्तावलाई सांसदहरुले समर्थन जनाउनुभएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने मान्य सदस्यहरुको नाम मनोनयन गरिएको थियो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने मान्य सदस्यहरुको नाम देहायबमोजिम रहेको छ । आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह । कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरुको मनोनयनलाई सभाको सहमति जनाइदिन आग्रह गर्दछु ।’

राष्ट्रिय सभाको बैठक जारी छ ।