२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

गुप्तचर संयन्त्र कमजोर भएको निष्कर्ष

गुप्तचर संयन्त्र कमजोर भएको निष्कर्ष
अ अ+ अ-

काठमाडौं । राज्यका सूचना संयन्त्र अर्थात् गुप्तचर निकाय कमजोर हुँदा संघीय संसद् भवनमा आन्दोलनरत लघुवित्तपीडित प्रवेश गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

गत फागुन १४ गते नयाँबानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको घटनाबारे छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा सूचना संयन्त्र कमजोर हुँदा घटना भएको उल्लेख गरिएको हो ।

समितिले जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन गर्ने संयन्त्र ‘चुस्त’ नबनाएको कारण घटना भएको निष्कर्ष निकालेको छ । प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने जिल्ला सुरक्षा समितिमा सबै सुरक्षा निकायको प्रतिनिधित्व हुन्छ । समितिको प्रतिवेदनमा भनिएको छ, ‘जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन चुस्त बनाएको देखिएन ।’

स्थानीय प्रहरीको सहयोग नहुँदा पनि संसद् भवनको गेटमा खटिएका सीमित प्रहरीले ४ दर्जन प्रदर्शनकारीलाई रोक्न नसकेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली नेतृत्वको समितिले कमजोर ‘सूचना संयन्त्र’का कारण अति संवेदनशील क्षेत्रमा लघुवित्तका ऋणीहरू प्रवेश गर्न सफल भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो । समितिका सदस्यहरूले उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापालाई प्रतिवेदन हस्तान्तरण गरेका छन् ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य थिए ।