५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएको ‘भन्सार विधेयक–२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको हो ।

नेपालको संविधानको धारा, ९४ अनुसार संसद्मा कुनै प्रस्ताव निर्णयार्थ पेस गर्दा गणपूरक सङ्ख्या आवश्यक हुने जनाउँदैै सांसद देवप्रसाद तिमल्सेनाले सभामुखको ध्यानाकर्षण गर्नुभएको थियो ।

तीन मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्दा गणपूरक सङ्ख्या पुग्न ६९ आवश्यक पर्नेमा बैठकमा उपस्थित सांसदको सङ्ख्या ६६ रहेकाले बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।