२२ मंसिर २०८२, सोमबार
,
Latest
पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा डिशहोमको एआई ‘खुसी’ सार्वजनिक तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना: तीस प्रतिशत भौतिक प्रगति चालक हत्या प्रकरणमा सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएको ‘भन्सार विधेयक–२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको हो ।

नेपालको संविधानको धारा, ९४ अनुसार संसद्मा कुनै प्रस्ताव निर्णयार्थ पेस गर्दा गणपूरक सङ्ख्या आवश्यक हुने जनाउँदैै सांसद देवप्रसाद तिमल्सेनाले सभामुखको ध्यानाकर्षण गर्नुभएको थियो ।

तीन मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्दा गणपूरक सङ्ख्या पुग्न ६९ आवश्यक पर्नेमा बैठकमा उपस्थित सांसदको सङ्ख्या ६६ रहेकाले बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।