२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी बलिउड सुपरस्टारहरुको कति थियो डेब्यु पारिश्रमिक ?



अ+ अ-

एजेन्सी । बलिउडमा अहिलेको सन्दर्भमा १०० करोड पारिश्रमिक लिने स्टारहरु थुप्रै पुगेका छन् । तर, के तपाईलाई थाहा छ यीमध्ये केही सुपरस्टारले पहिलो (डेब्यु) फिल्ममा ५ हजार रुपैया मात्रै पाएका थिए । यसैबीच यहाँ आजका यी सुपरस्टारहरुको डेब्यु फिल्मको पारिश्रमिकबारे जानौं ।

१. अमिताभ बच्चन – अमिताभ बच्चनलाई डेब्यु फिल्म ‘सात हिन्दुस्तानी’का लागि पारिश्रमिकस्वरुप ५ हजार रुपैया प्राप्त भएको थियो ।

२. धर्मेन्द्र – पहिलो फिल्म ‘दिल भी तेरा हम भी तेरे’का लागि धर्मेन्द्रले ५१ हजार रुपैया लिएका थिए ।


३. अक्षय कुमार – ‘सौगन्ध’का लागि अक्षय कुमारलाई ५१ हजार प्राप्त भएको थियो ।


४. सलमान खान – ‘मेंने प्यार किया’ बाट फिल्मी करिअर सुरु गरेका सलमान खानले यस फिल्मका लागि ११ हजार रुपैया लिएका थिए ।


५. कार्तिक आर्यन – ‘प्यार का पञ्चनामा’ का लागि कार्तिकले १.२५ लाख रुपैया लिएका थिए ।


६. शाहरुख खान – शाहरुखले फिल्म ‘दीवाना’का लागि चार लाख रुपैया लिएका थिए ।