२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु, राष्ट्रसङ्घ प्रमुखद्वारा चिन्ता व्यक्त



अ+ अ-

बैङ्कक । म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू ‘चिन्तित’ भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ । स्थानीयले एएफपीलाई बताएअनुसार सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

म्यान्मारको पश्चिमी राखिन राज्यमा गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि झडप भएको थियो ।

महासचिव गुटेर्रेसले सोमबार जारी वक्तव्यमा भनिएको छ, “सेनाले मिनब्या बजारमा गरेको हवाई आक्रमणमा कैयौँ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबरले आफूलाई चिन्तित तुलाएको छ ।”

हालका हप्ताहरूमा अराकन लडाकुहरूले मिनब्याको राजधानी सिट्वेको पूर्वमा अवस्थित उक्त बजारमा आक्रमण गरी केन्द्रको बजारसँगको सम्पूर्ण विच्छेद् गरिदिएका छन् ।

थार डार गाउँमा सोमबार राति १:४५ बजे भएको हवाई आक्रमणमा १० पुरुष, चार महिला र १० बालबालिकाको मृत्यु भएको एक स्थानीयले एएफपीलाई जानकारी दिएका छन् ।

“हाम्रो गाउँमा कुनै झडप भएको थिएन । उनीहरूले हामीमाथि सिधै आकाशबाट बम प्रहार गरेका थिए,” सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा उहाँले बताउनुभयोे ।

अर्का स्थानीयले विस्फोटमा परी २३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताए ।

सन् २०१७ मा भएको सैन्य कारबाहीका कारण रखाइनमा दशौँ हजार रोहिङ्ज्या समुदाय भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए ।

जुन्टा सेनाले सिट्वेलाई आफ्नो नियन्त्रणमा राखेको छ तर हालैका हप्ताहरूमा अराकन लडाकुहरूले वरपरका जिल्लाहरूमा सफलता प्राप्त गरेका छन् ।

छिमेकी मुलुक भारत र बङ्गलादेशमा पनि युद्ध फैलिएको छ ।

गत महिना पनि बङ्गलादेशमा भएको झडपका क्रममा म्यान्माबाट मोर्टार प्रहार हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो ।